मुख्य समाचार

रोजगार विभागका २५ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

रोजगार विभागका २५ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

 

 


कुवेत जान चाहने महिला श्रमिकलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका आधारमा श्रम स्विकृती प्रदान’ गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

 

 


भ्रष्टाचार मुद्दा दायर गरिनेमा शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली छन् । 

 

 

 

नासुहरु अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नरेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगानालाई पनि मुद्दा चलाएको छ । 

 

 

 

कम्प्यूटर अपरेटरहरु चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीर सिंह भाट र राजकुमार शाही समेत २५ जनालाई मुद्दा चलाएको हो । यी कर्मचारीहरु भने हाल वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा भइसकेका छन् ।

 

 

 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले प्रक्रिया मिचेर गलत कागजातका आधारमा उनीहरुले कामदारहरुलाई खाडी पठाइएको बताए ।

वैदेशिक रोजगार विभाग भ्रष्टाचार मुद्दा

विशेष