भ्रम सिर्जना गरियोः ओशो तपोवन
काठमाडौं । ओशो तपोवनका सम्बन्धमा नेपाल आजमा प्रकाशित प्रशारित केही अन्तर्वार्ताका सम्बन्धमा सो संस्थाले असन्तुष्टि जनाएको छ । विचारक ओशो रजनिसका अनुयायीहरु स्वामी देव सुन्दर र अंशु कविराले नेपालआजमा व्यक्त विचारका सम्बन्धमा ओशो तपोवनले असन्तुष्टि जनाएको हो । खण्डनका रुपमा प्रकाशित गरिदिन भन्दै नेपालआजमा ओशो तपोवनले पठाएको सो संस्थाको धारणा निम्नानुसार छः
त्यस अनलाईन नेपाल आजमा २०७५ आश्विन १७ गते स्वामी देव सुन्दर (अर्जुन पाण्डे) र २०७५ कार्तिक ५ गते अंशु गुरुङ्ग प्रसारित अन्तर्वार्तामा यस ओशो तपोवनको ध्यानाकर्षण भएको छ । उपरोक्त अन्तर्वार्ता अन्तराष्र्टि्रय छवि बनाएको यो संस्था, यसका आचार्य स्वामी आनन्द अरुणज्यू, तथा यस संस्थासँग विश्वभरी आबद्ध ध्यान केन्द्र, आश्रम, ओशो संन्यासी तथा ओशो प्रेमीहरु तथा साधारणजनहरुमा यस संस्थाका विरुद्ध घृणा तथा द्वेष फैलाउने बदनियत राखी एकतर्फि विषवमन गरिएको तथ्य प्रमाणहीन लाञ्छनाका रुपमा लिएका छौं
ती प्रसारणहरुमा हेर्दै वितृष्णा लाग्ने उत्तेजक टाइटलहरु राखी सनसनीपूर्ण बनाई मर्यादाविपरीत भ्रामक र आधारहीन तथा कुनियत राखि श्रृंखलावद्ध गैरजिम्मेवारी प्रचारवाजी गरिएको देखिएको छ । पत्रकारिताको पेशागत उच्चतम आचारणलाई कायम राख्ने तथा स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास र सम्र्वधनलाई यस्ता चरित्रले चुनौति दिएको हामीले बुझेका छौं ।
ती अन्तर्वातामा उठेका यावत विषयहरु हैरानी दिने बदनियतले विद्युतीय माध्यममा अपमानजनक शब्दहरु प्रयोग गरी गालीगलौज गरिएको प्रष्ट छ । कसैलाई होच्याउने, सताउने, जिस्क्याउने कुत्सित मनयासले आएकाले सो कुरा तथ्यहीन, कलोलकल्पित भएको जानकारी गराउँदै अविलम्व उपरोक्त प्रसारणहरु हटाउने र सोको स्थानमा हाम्रो निम्म खण्डन प्रसारण गर्नु भई मयार्दित भई प्रेस काउन्सिल आचार संहिता भित्र रहेको प्रत्याभूत गराउन अनुरोध गर्दछौं ।
देव सुन्दर (अर्जुन पाण्डे) को अन्तर्वार्ताको खण्डन
– स्वामी आनन्द अरुणले तपोवनमा अशोक भारतीलाई आमन्त्रण गर्नु भएको विषयको सम्बन्धमा ः ओशो संंन्यासी अर्जुन पाण्डे उर्फ स्वामी देव सुन्दरले स्वामी आनन्द अरुण तपोवन कार्य समिति समक्ष अशोक भारतीलाई शिविर संचालन गर्न अनुमति दिन पटक पटक अनुरोध गरेकोमा स्वामी आनन्द अरुणज्यूले तपोवनको आचार संहीता भित्र रही शिविर सचालन गर्ने भएमा मात्र अनुमति दिन सकिने भन्ने भएपछि निज अर्जुन पाण्डेले अशोक भारतीस“ग छलफल गरी सम्पूर्ण आचार संहिता मान्ने सर्तमा एक ओशो शिष्यले ध्यानका लागि गरेको अनुरोधलाई सम्मान गर्दै स्वामी अशोक भारतीबाट शिविर संचालन गर्न अनुमति दिएको हो ।
– शिविरको समयमा स्वामी आनन्द अरुण अमेरिकामा शिविर संचालन गर्दै रहनु भएको र शिविरको व्यवस्थाको सहमति तपोवन संचालक समितिबाट भएको हो । स्वामी आनन्द अरुण नेपालमा नभएको अवस्थामा ओशो जेतवनमा शिविरको अनुरोध जेतवन संचालक समितिस“ग लिएको हो । तसर्थ स्वामी आनन्द अरुणज्यूले कहिल्यै पनि स्वामी अशोक भारतीलाई नेपालमा शिविर संचालनको लागि आमन्त्रण गर्नु भएको कदापि होइन । बरु स्वामी अशोक भारती नेपालमा आइसकेपछि तपोवनसँग सम्बन्धित धेरै आश्रमहरुमा निजको शिविर लगाई दिन पर्यो भनेर विन्ती गर्ने स्वयम् अर्जुन पाण्डे नै हुन् ।
– स्वामी अशोक भारतीलाई नेपाल ल्याउन स्वामी आनन्द अरुणले आमन्त्रण गर्नु भएको होइन देव सुन्दरको अनुरोधलाई स्वीकार गर्नु भएको कुरा देव सुन्दरले आफ्नाे अन्तर्वार्तामा नै भनेका छन् । त्यसैले देव सन्दरले नै अशोक भारतीलाई आमन्त्रण गरेको हुन् ।
– Enlightenment सम्बन्धमा – अशोक भारतीले आफूलाई म भ्लष्निजतभलभम हुं भन्ने अभिव्यक्ति बारम्बार दिएको र व्यक्तिगत भेटघाटमा केही महिला साथीहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौ’ भन्दै रात्रीको समयमा बोलाई भावनात्मक र शारिरीक शोषण गर्ने प्रयास गरेका गुनासोहरु आएको सम्बन्धमा प्रश्न सोधिएकाले सो प्रश्नको जवाफ दिंदै अशोक भारतीको Enlightenment को सम्बन्धमा स्पष्ट पार्न परेकोले स्वामी आनन्द अरुणले सो कुरा यही पृष्ठभूमिमा गर्नु भएको हो । सो कुरा स्वामी देव सुन्दरको सरोकारको विषय पनि होइन किनभने देव सुन्दरले अशोक भारतीलाई Enlightenment नै हो भन्नु पर्ने कुनै वस्तुगत प्रमाण वा स्थिति छैन । स्वयम् सद्गुरु ओशोले नै भन्नुभएको छ कि आफुलाई Enlightenment भन्दै विज्ञापन गर्ने शैलीमा प्रचार गर्छ भने त्यो व्यक्ति Enlightenment नहुनुको प्रमाण हो ।
– अशोक भारतीलाई भारतबाट ल्याउने लाने खर्च सम्बन्धमा शिविरार्थीबाट उठेको अनुदान रकमको १० प्रतिसत भए पुग्छ भन्ने कुरा देव सुन्दरले भनेकोले सो अनुसार खर्च दिइएको हो । अशोक भारतीलाई आउने जाने खर्च तपोवनले दिने कुनै शर्त थिएन ।
– पूर्वजन्मको स्मृति सम्बन्धमा भगवान् बुद्ध, कृष्णमूर्ति, दलाई लामा, ओशो तथा अन्य सन्तहरुले समेत चर्चा गर्नु भएको छ तर अशोक भारतीले पूर्वजन्मको चर्चा हैन तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं मेरा लागि सदा उपलब्ध रहनु भनी शोषण गर्ने बद्नियत राखी message हरु पठाएको सम्बन्धमा स्वामी आनन्द अरुणको आपत्ति हो र उहाँले कहिल्यै पनि ‘पूर्वजन्मको विहारको राजा थिएँ भन्नु भएको छैन । ‘म पूर्वजन्ममा राजा थिएँ भन्नु र ‘कसैलाई म तिम्रो पूर्व जन्मको प्रेमिका हुँ भन्नुमा धेरै फरक मनसाय देखिन्छ ।
– पूर्वजन्मको कुरा स्वामी आनन्द अरुणबाट शुरु भएको होइन, सनातन समय देखि बुद्ध महावीर हुँदैको पाला देखि चलिआएको हो र चौरासी लाख योनीको कुरा त वेदशास्त्र र हाम्रो संकृतिका आधार नै हो ।
– स्वामी आनन्द अरुणज्युले नेपाल तथा विदेशमा गरी २०० भन्दा बढी ओशो सेन्टरहरुको स्थापनाको लागि प्रेरणा दिनुभएको छ र दजर्नौं ओशो आश्रमको स्थापनाको सकृय केन्द्रविन्दु हुनुहुन्छ, आफनै व्यक्तिगत घर ओशोको आश्रमको संचालनको लागि विगत ५० वर्षदेखि समर्पित गर्नुभएको छ, लाखौं व्यक्तिलाई संन्यासमा दीक्षित गर्नु भएको छ र देश विदेशमा गरी हजारौं अोशो शिविर संचालन गर्नुभएको छ । आधा दर्जन जति आध्यात्मिक रुपमा अति चर्चित पुस्तकहरुका रचयिता हुनुहुन्छ । त्यस्तो व्यक्तिलाई अशोक भारती नेपालमा आई २,४ वटा शिविर लिंदैमा उहाँलाई डाह गर्दै शिविरमा रोक लगाउनु पर्ने भन्ने कुरा हास्यास्पद बाहेक केही हुन सक्दैन ।
– नेपाल आजले लिएको देवसुन्दरको अन्तर्वाताको २२–२३औं मिनेटमा प्रश्नकर्ताले स्वामी आनन्द अरुणज्यूले ‘पूर्वजन्मको प्रेमिका हुं भनी शोषण गरेको भए’ भनी गरेका प्रश्न नै गलत र उक्साउने मनसायबाट सोधिएको देखिन्छ ।
– सो अन्तर्वाताको ३७औं मिनेटमा देव सुन्दरले पोखरामा हुँदा आफूलाई धम्की दिएको र आफ्नो हत्या हुन्छ सम्म भन्ने कुरा आधारहीन हल्ला फैलाई आफु भित्र लुकेको भयलाई ढाकछोप गर्न अरुलाई भ्रामक लाञ्छना लगाएकोले सो को पुष्टि देव सुन्दरले गर्नु पर्ने ।
– सृजनात्मक रुपमा स्वामी आनन्द अरुणज्यूले लेख्नु भएको सर्वाधिक मन पराइएका आध्यात्मिक पुस्तकलाई नकारात्मक भन्नु, तपोवन जस्तो संस्था जहाँ कुनै जातपात धर्म लिंग, भाषा, देशको विभेद नभएको ठाउ“मा भेदभाव हुन्छ भन्नु, विधिवत सार्वजनिक संस्थालाई स्वामी आनन्द अरुणको व्यक्तिगत अखडा हो भन्नु (प्रमाण संस्था र संचालक समिति), हरेक वर्ष विधिवत् साधारण सभा हुँदैन भन्ने झूटो आरोप लगाउनु, संस्थाको विधान बमोजिम निवार्चित अध्यक्षलाई वद्नियत ढंगले अपमान गर्न खोज्नु (प्रमाण साधारण सभा) गलत भएकोले निज देव सुन्दरले सोको पुष्टि गर्नुपर्ने ।
– फरक मत राख्ने बित्तिकै तपोवन भित्र आउन वंचित गर्ने, आश्रमबाट निकाल्ने कुरा गलत भएकोले प्रमाण दिनुपर्ने । विगत २८ वर्षमा कति जनालाई त्यस्तो व्यवहार गरियो?
– तपोवन एक धार्मिक संस्था भएकोले ध्यान र जीवन रुपान्तरणको लागि आयोजना हुने धार्मिक शिविरहरु आवसिय हुने गरेकोले र बढदो संख्याका साधकहरुलाई वासको व्यवस्था कसरी गर्ने भन्ने समस्या आउँदा समर्थवान् ओशो प्रेमी र शिष्यहरुबाट कोठा बनाई दिएकोले सो कोठा बनाउने खर्च दिए वापत वहाँहरुलाई जीवनभर सो कोठामा तपोवन आउँदा जादा बस्न पाउने व्यवस्था गरिएको हो । कुनै कोठा वा सुट सार्वजनिक रुपमा किनवेच हुने होइन । सत्य तथ्य नबुझी मात्र भ्रम फैलाउने बदनियतपूर्ण प्रसारको प्रति आपत्ति छ ।
– विधान सम्मत नियम अनुसार निवार्चित संचालकहरुबाट संचालित जि प्र का. र समाज कल्याण परिषदमा दर्ता भै सार्वजनिक हितको लागि समर्पित १०० भन्दा बढी देशका साधकहरुको आस्थाको केन्द्र बन्न सफल संस्था ओशो तपोवनलाई अरुण तपोवन भन्नुमा ओशो तपोवनको मानहानी भएको छ । आम सञ्चार माध्यमबाट यसरी गरिएको बद्नियत पूर्ण प्रसारणप्रति आपत्ति छ ।
– सो अन्तर्वाताको ४३ः५१ औं मिनेटमा करोडौं पैसा खुवाएर कर छली गरको भन्ने आरोप नेपाल सरकारलाई र ओशो तपोवनलाई लगाएको लाञ्छना पूर्णतः गलत छ । सो भएको भए देव सुन्दरले सोको पुष्टि गर्नु पर्ने ।
– सो अन्तर्वाताको ४४ः३० औं मिनेटमा ओशो तपोवन धार्मिक संस्था नभई प्राइभेट लिमिटेड हुनुपर्छ र जनतास“ग चन्दा, सरकारको सहयोग लिई बनाएको आश्रममा कोठा किनबेच गर्ने भन्ने प्रश्नकर्ताको अभिव्यक्ति आपत्तिपूर्ण छ ।
– स्वामी आनन्द अरुणलाई बोधिसत्वको उपाधि मिति २७ जुन १९८४ मा लिखित रुपमा ओशो स्वयम्ले दिनुभएको हो । अशोक भारतीले आफु भ्लष्निजतभलभम हुं, बुद्धको हैसियतको व्यक्ति हुं भन्ने कुरा स्वयम्ले बताएको हो ।
– सो अन्तर्वाताको ५६ः००औ मिनेटमा स्वामी आनन्द अरुणज्यूको विरोध नगरौं भनी सुझाव दिनेहरुलाई हरिलट्ठक भनी गाली गरेकोमा आपत्ति गर्दछौं ।
– नारायण स्वामी (आशाराम बापुको छोरा) भारतमा पक्राउ पर्नु भन्दा करिब पा“च वर्ष अघि नै अाफना भक्तहरुका साथ तपोवन आइ बसेको हुन् । अपराधीलाई आश्रय दिएका लाञ्छना गलत र भ्रामक हो ।
– सो अन्तर्वाताको १ः०७ः०० मा मनीषको आत्महत्यालाई शंका गर्नु पर्ने कुरा भ्रामक रुपमा प्रचार प्रसार गरिएको । मनीषको आत्महत्या तपोवन भित्र भएको भन्नु भ्रम बाहेक केही होइन । अन्तर्वाताको १ः१७ः३२ मा मनीषको हत्या लुकाएको मनीषमाथि दुव्र्यवहार भएको गलत कुरा भएको भन्ने कुरा सरासर बद्नियतपुर्ण भएको ।
– सो अन्तर्वाताको १ः१४ः३६ मा तपोवनको विरोध गर्नेहरुलाई प्रवेश वर्जित गरिन्छ भन्ने कुरा सरासर गलत हो । यति विरोधमा उत्रिएका देव सुन्दरलाई आजसम्म तपोवनले प्रवेशमा वर्जित गरेको छैन । तपोवनको इतिहासमा हजारौं व्यक्तिहरु यस संस्थास“ग सम्बन्धित हुन्छन्, आÏनो सुविधाअनुसार आउ“छन, जान्छन् । तपोवन आउने र छोडेर जाने प्रकृया सामान्य हो ।
अंशु गुरु¨ले दिएको अन्तर्वार्ताको सम्बन्धमा
– सो अन्तर्वार्ताको २२ः१८औ मिनेटमा उपेन्द्र महतोले बनाएको भवन उहा“को दान स्वरुप बनाइदिएको भवन व्यक्तिगत सम्पति भएकोले सो बारेमा कुनै विवाद उठाउने अनावस्यक र गलत भएको ।
– ओशो तपोवन ध्यान साधना स्थली भएकोले स्वेच्छाले ध्यान साधना गर्न आउने व्यक्तिले तपोवनलाई मन पराएपछि यहा“ बसी आश्रमको काममा सहयोग गर्दै साधना गर्न पाउँ भनी सामान्य निवेदन कार्य समितिबाट स्वीकृत भएमा बस्न पाउने व्यवस्था छ । विहान र बेलुका ध्यान गर्ने, भोजन र वासको व्यवस्था तपोवन मै हुन्छ । यो व्यवस्थामा आउने जो कोहीले पनि अाफनै इच्छाले स्वविवेकको प्रयोग गरी निर्णय गरेको हुन्छ ।
– ओशो तपोवनमा लामो समयसम्म बसी ध्यान गर्न आएका साधकहरुको अनुरोध स्वरुप वहा“हरुले निश्चित समय स्वयम सेवकका रुपमा स्वेच्छाले श्रमदान गरेबापत आवास, भोजन र पकेट खर्च बापत केही रकम समेत प्रदान गर्ने गरिएको छ । साथै केही व्यवसायिक कामदारहरु रहेको र वहा“हरुलाई कामको प्रकृति र योग्यता अनुसार आवास र भोजन सहित यथोचित मासिक वेतन पनि दिने गरिएको छ । श्रम शोषणको आरोप झुटा हो ।
– सो अन्तर्वार्ताको २७ः००औं मिनेटमा यौन शोषणको कुरा उठाइएको छ । अन्तर्वार्ता दिनेले थाहा छैन, हल्ला छ, त्यस्तै सुनिन्छ, एक जनाले भनेको सुनेको भनी स्वामी आनन्द अरुणज्यूको शुत्रकिट प्रसादको रुपमा बाडिन्छ भन्ने झुटा, कपोल्कपित, कहिल्यै नसुनेको, कल्पना गर्न समेत नसकिने घृणित आरोप बदनाम गर्ने हेतुले दिएको देखिन्छ । यसरी पटकपटक थाहा छैन, हल्ला छ, त्यस्तै सुनिन्छ भनी अन्तर्वार्ता दिनेले भनेको कुरा हेडलाइनको रुपमा अाफनाे पोर्टलको फ्रन्ट मै राखी व्यक्तिगत मानहानी र बदनामी गर्ने तुच्छ काम नेपाल आजले गरेकोमा आपत्ति छ ।
– सो अन्तर्वार्ताको ३०ः००औं मिनेटमा स्वामी आनन्द अरुणज्यूलाई बेइज्जती गर्ने, बलत्कारीको रुपमा चित्रण गर्ने, हल्ला सुनेको भन्दै चरित्र हत्या गर्ने प्रयास गरकोमा आपत्ति छ । विदेश लाने भन्ने प्रलोभनमा पारेर यौन शोषण गर्ने भन्ने भ्रामक प्रचार गरेको हाम्रो घोर आपत्ति छ ।
– ओशो तपोवनमा कुनैपनि व्यक्तिले कसैलाई कुटपिट तथा हत्या गरेको भन्ने आरोप सत्प्रतिसत गलत छ । तर त्यस्ता मनोगढन्ते कुरा गरेर लाखौं व्यक्तिको आस्थाको केन्द्रलाई बदनाम गर्न खोज्ने व्यक्ति तथा समूहको यस्ता कार्य तुरुन्तै रोकिनु पर्दछ र नेपालको विद्यमान कानुन अनुसार सजायको भागी हुनुपर्दछ ।
– अन्तर्वार्ता दिने स्वयम् पनि महिला रहेको र ओशो तपोवन आइरहने गर्नुहुन्थ्यो । यदी ओशो तपोवनमा आरोप अनुसारको कुनै प्रकारको महिला प्रति यौन हिंसा भएको भए प्रमाण सहित पेश हुनु पर्यो । तर त्यस्ता मनोगढन्त कुरा गरेर सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशीत गरी लाखौं व्यक्तिको आस्थाको केन्द्रलाई बदनाम तथा चरित्रहत्या गर्न खोज्ने व्यक्ति वा समूहको यस्ता कार्य तुरुन्तै रोकिनु पर्दछ र नेपालको विद्यमान कानुन अनुसार सजायको भागी हुनुपर्दछ ।
– नेपाल सरकारले रातो किताब मार्फत बजेट व्यवस्था गरी ओशो तपोवन परीसर भित्र पर्ने सडक एक सार्वजनिक धार्मिक संस्था भएकोले नेपाल सरकारले सहयोग स्वरुप निर्माण गरिदिएको हो र यसले ओशो तपोवनको पारदर्शिता र विश्वसनियता पुष्टि गर्दछ । निज अंशु गरुङ्गको प्रमाणहिन सबै आरोप ओशो तपोवनको निरन्तर विकास र समृद्घि प्रतिको जलन र इष्र्याको उपज देखिन्छ ।
– ओशो तपोवनको नाममा कि. नं १३६ को क्षेत्रफल २५ रोपनी १ आना ३ पैंसा र कि.नं. १ को क्षेत्रफल १७ रोपनी १२ आना गरी दुइ कित्ताको कुल क्षेत्रफल ४२ रोपनी १३ आना ३ पैसा रहेकोमा आरोपीको १७ रोपनी मात्र रहेको बा“की १०० रोपनी जती कब्जा गरेको भन्ने आरोप पूर्णरुपमा निराधार रहेको समेत अनुरोध गर्दछौ । यस ओशो तपोवनका सम्पूर्ण भौतिक संंरचनाहरु तपोवन कै जग्गा भित्र निर्माण भएका छन् ।
– तथ्यगत रुपमा प्रस्तुत नभई पटकपटक थाहा छैन, हल्ला सुनेको, त्यस्तै कुरा छ भन्दै दिएको एक घण्टा लामो तथ्यहीन प्रयोजित देखिने ओशो तपोवन तथा स्वामी आनन्द अरुणमाथि व्यक्तिगत आरोप र लाञ्छनाले भरिएको अन्तर्वार्ताको प्रसारणको औचित्य प्रसारणकर्ताले प्रष्ट पार्नु पर्ने ।
र याे पनि,
► प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)