खेल

पोखरा प्रिमियर लिगः पहिलो खेलमा सन्दीपको टिम पराजित

पोखरा प्रिमियर लिगः पहिलो खेलमा सन्दीपको टिम पराजित

काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्स पराजित भएको छ । 

 

 

सन्दीपको टिम पोखरा पल्टनसँग ५८ रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १९६ रन बनाएको थियो । 

 

 

 

उसका लागि कुशल भुर्तेलले ३८, आशिफ शेख ५८, रविइन्दर सिंहले ४४ रनको योगदान दिए । यस्तै, विनोद भण्डारी ४१ र कप्तान भेषवाकर ११ रनमा अविजीत रहे । आज विनोदले विस्फोटिङ व्याटिङ गरे । उनले ११ बलमा ४१ रन प्रहार गरे । 

 

 

 

जसमा ५ छक्का र एक चौका समावेश थिए । १९७ रनको लक्ष्य पाएको सन्दीपको टिम विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा मात्र १३९ रन बनायो । 

 

 

 

उसका लागि राजु रिजाल र पुष्प थापाले ३० ३० रनको योगदान दिए । तर, अन्य ब्याट्सम्यानको भने प्रदर्शन सम्झनलायक रहेन । बलिङतर्फ ललितराजवंशीले तीन विकेट लिए ।

पोखरा प्रिमियर लिग सन्दीप लामिछाने

विशेष