खेल

पोखरा प्रिमियर लिगः काठमाडौं रोयल्सको विजयी सुरुवात

पोखरा प्रिमियर लिगः काठमाडौं रोयल्सको विजयी सुरुवात

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले विजयी सुरुवात गरेको छ । उसले एक्पर्ट धनगढी बुल्जलाई १७ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

 

 

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १ सय ८०  रन बनाएको छ । १८१ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले २० ओभरमा १ सय ६३ रन मात्र जोड्न सक्यो। 

 

 

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ४२ बलमा ५४ रन जोड्न समान ३ चौका र ३ छक्का प्रहार गरे। सन्दीप जोराले ११ बलमा २७ रनको योगदान दिए। 

 

 

ओपनर सन्दीप सुनार ११ रन र डेभिड लाउरेन्स ९ रनमै पेभिलियन फर्के। पिटर ट्रेगोले १९ र दिलिप नाथले १० रन भन्दा बढी जोड्न सकेनन्। 

 

 

बलिङमा काठमाडौंका सुसन भारी र बसन्त रेग्मीले २-२ विकेट लिए। अमरसिंह रउटेलाले पनि २ विकेट नै हात पारे।काठमाडौंका लागि गौरव तोमरले सबैभन्दा बढी ४५ बलमा ९५ रन जोडे। आक्रामक ब्याटिङ गरेका उनले ४ चौका र १० छक्का प्रहार गरे।

 

 

तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। बुढाऐरले २४ बलमा नटआउट ३६ रन जोडे। 

 

 

त्यसअघि ओपनर अमित श्रेष्ठले १२ रन जोडेका थिए। उनले २१ बलमा २ चौका प्रहार गरे। अर्का ओपनर जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे। 

 

 

बलिङमा धनगढीका पिटर ट्रगो, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए। प्रतियोगिताअन्तर्गत आइतबार धनगढी र विराटनगरबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै दिउँसो १ बजे पोखरा र बुटवलबीच भिडन्त हुनेछ। 

पोखरा प्रिमियर लिग काठमाडौं रोयल्स

विशेष