काभ्रेमा जीप दुर्घटनाः २ को मृत्यु, डीआईजीसहित चारजना घाइते

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका-६ ढकालथोकमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने डीआईजीसहित चारजना घाइते भएका छन् ।
बा ३ च २८७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा डीआईजी सुशील भण्डारी गम्भीर घाइते भएका छन् । भणडारीसँगै घाइतेहरू विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटीको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रे जिप दुर्घटना