खेल

साफ च्याम्पियनसिपः बंगलादेशद्वारा माल्दिभ्स ९-० ले पराजित

साफ च्याम्पियनसिपः बंगलादेशद्वारा माल्दिभ्स ९-० ले पराजित

काठमाडौं । साफ यू-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९-० गोलले पराजित गरेको छ ।

 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बङ्गलादेशका निहत जमानको चार गोलको मद्दतले बंगलादेशले माल्दिभ्सलाई ९-० गोलले पराजित गर्‍यो । जमानले ११औं, २०औं र २३ औं र ४६ औं मिटेमा गोल गरेका थिए ।

 

 

त्यस्तै कप्तान मोहमद महेदी हसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने ४८ औं र ६६ औँ मिनेटमा रसेल अहमेद दुई र ८० औँ र खेलको अन्तिम मिनेटमा आसिकुर रहमाले दुई गोल गर्दै बङ्गलादेशलाई फराकिलो जित दिलाए ।

 

 

जितसँगै बङ्गलादेश र नेपाल समूह ‘ए’बाट साफ यु-१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् भने लगातार दुई हार ब्यर्होदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

समूह ‘ए’ मा बङ्गलादेश र नेपालको समान तीन अङ्क भएको छ । समूह ‘ए’को समूह विजेता भने आइतबार नेपाल र बङ्गलादेशबीचको खेलले निर्धारण गर्नेछन ।

 

 

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् ।

साफ यू-१५ च्याम्पियनसिप

विशेष