नौटंकी गर्ने तनुश्रीलाई राखीको झापडः ‘१० वर्षअघिको यौनको कुरा यतिबेला निकाल्ने ?’
नयाँ दिल्ली । बलिउडमा हिजाआज अभिनेत्री तनुश्री दत्त्ताले नाना पाटेकरमाथि लगाएको यौन दुव्र्यवहारको आरोपले मिडिया तातेको छ । चर्चाको बनेको यस विषयलाई विभिन्न बलिउड सेलिब्रेटीले पनि यसबारे टिप्पणी गरेका छन् ।
दश वर्षअघि फिल्म गीतको सेटमा भएको घटनालाई लिएर तनुश्रीले पाटेकरमाथि यौन दुव्र्यवहारको मुद्दा हालेकी थिइन् । यो दश वर्षमा तनुश्री अमेरिकामा रहिन् । उक्त गीतमा तनुश्रीको ठाउँमा राखी सावन्त त्यतिबेलै अनुबन्धित भएकी थिइन् ।
अहिले यो विषयले चर्को रूप लिएपछि यसबारे राखी सावन्तले पनि मुख खोलेकी छिन् । यो घटनालाई अगाडिबाट नियाल्ने पनि राखी नै हुन् । मिडियाको करकापपछि बाध्य भएर राखीले मिडियासामु तनुश्रीप्रतिको भडास खुलेरै पोखेकी छन् ।
राखीको बयान उनकै शब्दमा
हुन त मैले मिडियामा जे बोले पनि ‘कन्ट्रोभर्सी’ गर्न आइ भन्छन् । त्यसकारण मलाई यस विषयमा बोल्न मन थिएन । तर, उक्त गीतमा म अनुबन्धित भएको भएर मिडियावालाले मलाई शान्तिले बस्न दिएनन् ।
म घरमै बसिरहेकी थिएँ । गणेश आचार्यको फोन आयो । राखी तँ जहाँ भएपनि मलाई भेट्नु गीतमा काम गर्नुप-यो भनेर भन्नुभयो । मलाई त्यहाँ के भएको थियो त्यसबारेमा केही थाहा थिएन । म जाँदा सेटमा तोडफोड भइरहेको थियो । तनुश्रीले ढोका बन्द गरेर बसेकी थिइन् । बाहिरबाट कतिले ढक्ढक्याउँदा पनि ढोका खोलिरहेकी थिइनन् । मैले फोन गरें तर पनि फोन उठेन ।
उसका हेयर ड्रेसरललाई सोध्दा उसले ३ घण्टादेखि बेहोस छिन् भन्यो । मलाई नाना पाटेकरले कन्ट्रोभर्सी हेर्न बन्द गर गीतमा काम गर भनेर भन्नुभयो । वास्तावमै मलाई गीत राम्रो लागेको थिएन । फिल्मको प्रोडुसर रोइरहेको थियो । पाटेकर टेन्न्सनमा थिए । मैले केही सुनिन, उनीहरूको इज्जतकै लागि काम गरें ।
अब रह्यो तनुश्री दत्तको कुरा । तनुश्री के कोहिनूर हिरा हो र, छुनै नहुने ? काम गर्दा यता उता हुनु सामान्य हो । तनुश्री दत्त पागल हो, एक नम्बरकी झुटी हो । मैले सबै आफ्नै आँखाले देखेकी थिएँ । ढोका बन्द गरेर ‘डोप’(एक प्रकारको लागू औषधी) प्रयोग गरेर बसेकी थिइ तनुश्री ।
पछिल्ल्लो वर्ष म अमेरिका गएको थिएँ । त्यहाँ तनुश्री ड्रग्स लिएर बेहोस भएकी हुन्थिन् । उसको मेनेजर भरत सबैसँग भिख माग्दै हिड्थ्यो । अमेरिकामा बसेर काम गर्छु भन्नु सबै बकवास हो । त्यहाँ केही काम गरिरहेकी थिइन तनुश्री ।
अब आयो मुद्दाको कुरा, १० वर्ष चाहिँ कोमामा थिइस् ? मिडियामा गलत नाजायज फाइदा नउठाए हुन्छ । नाना पाटेकर एकदम सरिफ व्यक्ति हुन् । यौन दुव्र्यवहार गर्ने भए त मलाई पनि गर्नुपर्ने । माधुरी दिक्षितसँग कति काम गरे उनले, माधुरीलाई पनि त दुव्र्यवहार गर्नुपर्ने । मलाई त हात पनि लगाएनन् ।
वास्तावमै भन्नुपर्दा नाना एकदम कोमल व्यक्ति छन् । सबैको इज्जत गर्छन् । १० वर्र्षमा पैसा सकियो र मुम्बइमा आएर मिडियाको सहारा लिएर कन्ट्रोभर्सी गरेकी हो तनुश्रीले । यदि तनुश्रीसँग यो कुराको केही सबुत रहेछ भने म हिन्दुस्तान छोडेर जान तयार छु । उसको जस्तो ड्रग्स लिएर काम गरेको छैन इमान्दारीको साथ काम गरेकी छु ।
इमिग्रेसनवालाले तनुश्री अमेरिका जाँदा उसको ब्याग चेक गर्नु कति ड्रग्स भेटिन्छ अनि थाहा हुन्छ । ड्रग्स लिएर भैंसी भएर बसेकी छस् । अमेरिकामा कसरी मान्छेसँग भिख मागेर ड्रग्स लिएर बस्ने गरेकोबारे मलाई सबै थाहा छ । उत्तिखेरै एक्सन लिन किन सकिएन ?
पब्लिसिटि चाहिएको भए बिग बसमा गए हुन्छ । जतिले सहानुभूति दिए उनीहरूलाई वास्ताविकता थाहा छैन । नाना यो कुरा गर्न कोर्टमा जान्छन् मिडियामा हैन ।
तनुश्रीको बयान उनकै शब्दमा
त्यतिबेला यौन दुव्र्यवहार भयो भन्दा, मैले यो कुरा गरें भनेर अझै ‘इन्टिमेट सिन’ पनि राखियो । म त्यतिबेला ग्लामरस नायिका थिएँ । त्यसकारण पनि फिल्म बिकाउनकै लागि मलाई फिल्लममा लिइएको थियो ।‘आशिक बनाया आपने’ मा काम गरें भन्दैमा मलाई जे गरेपनि हुन्छ भन्ने भ्रम बसाए नानाले । तर, ग्लामरस भएँ भन्दैमा मलाई छुँदा केही हुँदैन भन्ने होइन ।
त्यतिबेला केही व्यक्तिले फोन गरेर मलाई सपोर्ट गरे । फिल्ममा पनि कास्ट गरे । तर सार्वजनिक रुपमा यो घटनालाई कसैले आलोचना गरेनन् । इन्टिमेस सिन गर भनेरकोरियोग्राफर, निर्देश्क, निर्माता सबैले प्रेसर दिइरहेका थिए । यो सबै घटना भइसकेपछि पनि नाना आफंै रिपोर्टरको क्यामेरा अघि गएर तनुश्री मेरी छोरीजस्तै हो भने । जुन निकै हाँस्यास्पद थियो ।
मलाई मसँग यस्तो हुन्छ भन्नेबारे सोचेको पनि थिइन । यो बलिउड इन्डिस्ट्री नै नाताबादमा टिकेका छ । परिश्रम गर्ने एकदम कम छन् । यहाँ जो पनि साधु सन्त हुन सक्छन् । म धेरै तनावमा थिएँ । मेरो आत्मा टुटिसकेको थियो । सबैतिरको दृष्टिकोण देखेर थाकिसकेकीं थिएँ । मैले त्यही डरले पनि फिल्ममा काम गर्न सकिनँ । अन्तर आत्मामा ठलो झट्का लाग्यो । मैले टाढै रहने निर्णय लिएँ । जसकारण योग साधना,बुद्धिजममा मेरोे ध्यान बढी केन्द्रित भयो ।
त्यो बेलादेखि भिडभाडमा पनि जान सकिन । यस्तो घटनले शरिरलाई होइन आत्मालाई मारेकोे हुन्छ । यसलाई प्रमाणीत गर्न सजिलो छैन । आध्यात्ममा म एकदम खुशी थिएँ । दश वर्षसम्म पनि मेरोबारेमा लेख्न छोडेनन् । म भागें भनेर समाचार आउन थाल्यो । अमेरिकामा बसेर मेरोबारेमा समाचार पढिरहेकी हुन्थे ।