खेल मुख्य समाचार

पीपीएलः धनगढीलाई काठमाडौंको १८१ रनको लक्ष्य [अपडेट]

पीपीएलः धनगढीलाई काठमाडौंको १८१ रनको लक्ष्य [अपडेट]

काठमाडौं ।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले एक्सपर्ट धनगढी ब्लुजलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै धनगढीसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

 

 

काठमाडौंले आज (शनिबार) टस जितेर ब्याटिङ रोज्यो । उसका लागि विदेशी खेलाडी गौरव तोमारले शानदार प्रदर्शन गरे । उनले ४४ बलमा ९५ रन बनाए । तोमारले दश छक्का र ४ चौका प्रहार गरे ।  यस्तै, जयकिशन गोल्छाले २५, अमित श्रेष्ठले १२ रन बनाए ।  नरेश बुढा ऐर (३६) र अमरसिंह रौटेला (२) अविजीत रहे ।

 

 

बलिङमा धनगढीका लागि कप्तान दिपेन्द्रसिंह ऐरी, विदेशी खेलाडी पिटर डेविड र सागर ढकालले समान एक-एक विकेट लिए । धनगढीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
 

 

पोखरा प्रिमियर लिग

विशेष