प्रवास

युएईमा नेपालीबीच चक्कु हानाहान, एक महिलाको मृत्यु

युएईमा नेपालीबीच चक्कु हानाहान, एक महिलाको मृत्यु

युएई । नेपाली महिलाहरुबीच झगडा हुँदा युएईमा एकजनाको  ज्यान गएको छ । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । 

 

 

अन्य तीनजना घाइते भएका अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । 

 

 

 

घटनामा घाइते सलिना मगर र आशा दर्जी भने उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुल्न सकेको छैन ।

 

 

बिहीबार राति तामाङले रक्सी खाएर झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

 

 

हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।

 

 

युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।

 

 

चार वर्षअघि सोही कम्पनीमा दुई नेपालीबीच झगडा हुँदा एकको मृत्यु भएको थियो । जनकपुरका वीरेन्द्र शाहले (सुरी) पाँचथरका रञ्जीत खपाङ्गीको छुरा प्रहार गरी हत्या गरेका थिए । शाह अहिले युएईमा सजाय भोगिरहेका छन् ।

युएई चक्कु हानाहान

विशेष