मनोरञ्जन

चर्चित टेलिभिजन शो सिआइडी बन्द !

चर्चित टेलिभिजन शो सिआइडी बन्द !

मुम्बई । सोनी च्यानलले २१ वर्षसम्म चलाएको चर्चित धारावाहिक टेलिफिल्म सिआइडी शो बन्द भएको छ। सन् १९९७ मा पहिलो पटक सोनी च्यानलबाट प्रशारण भएको सिआइडी बन्द भएको हो । 

 

 

सिआइडीमा दयाको भूमिकामा देखिएका दयानन्द शेट्टीले बिबिसीलाई शो बन्द हुने खास कारण बताएएका छन् । उनका अनुसार अनुसार यो कार्यक्रम बन्द गर्ने योजना २ वर्ष अगाडिबाट चलिरहेको थियो।

 

 


दयाले भने,‘सोनी च्यानल यो कार्यक्रमलाई बन्द गर्न चाहन्थ्यो। तर आफ्नो तर्फबाट हैन, निर्माता आफैँ यो शो बन्द गरुन् भन्ने चाहन्थ्यो।’ 

 

 

दयाका अनुसार पहिला शुक्रबार, शनिबार र आइतबार कार्यक्रम प्रशारण हुन्थ्यो, तर विस्तारै–विस्तारै सोनीले शुक्रबार कार्यक्रम प्रशारण बन्द गरिदियो, पछि कहिले शनिबार त कहिले आइतबार कार्यक्रम प्रशारण भएनन्।

 


सिआइडी कार्यक्रमको टिआरपी नआएकाले सोनीले कार्यक्रम बन्द गरेको दयाले बताए । उनी भन्छन्, ‘च्यानलले सोचेको थियो कि अब शो बुढो भयो यसलाई बन्द गर्नुपर्छ।’ 

 

 

सिआइडी रिटर्न्सको आशा गर्न सकिन्छ भन्ने प्रश्नमा दयाले जवाफ दिए, ‘धेरै मुश्किल छ, तर यदि सिआइडी आएपनि सोनी च्यानलबाट आउनेछैन, आउन सक्छ तर अरु कुनै नामबाट, तर अहिले नै पक्का यही हो भनेर भन्न मिल्दैन।’ उनको अनुसार उत्पादक टोली र निर्माताबिच कुराकानी भइरहेको छ।

सिआइडी शो

विशेष