मुख्य समाचार

निर्मलाका हत्यारालाई कारवाही माग गर्दै कञ्चनपुरमा तनाव, सरकारी गाडीमा तोडफोड

निर्मलाका हत्यारालाई कारवाही माग गर्दै कञ्चनपुरमा तनाव, सरकारी गाडीमा तोडफोड

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलित प्रदर्शनकारीले सरकारी वकिल कार्यालय कञ्चनपुरको गाडीमा तोडफोड गरेका छन् ।

 

 

 

बा२झ २७१५ नम्बरको कार्यालयको गाडीको शीशा तोडफोड भएको छ । सरकारले बलात्कारी-हत्यारा पत्ता लगाउन ढिलासुस्ती गरिरहेको भन्दै प्रदर्शनकारी मंगलवारदेखि आक्रामक भएका छन् ।

 

 


नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गरेको छ । बन्दका कारण शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द छन् । सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रेको छ ।

कञ्चनपुर निर्मला पन्त गाडीमा तोडफोड

विशेष