राष्ट्रपति सोमबार कतार जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सोमबार कतारको प्रस्थान गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले पनि राष्ट्रपति भण्डारीको भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारीको कतार भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध र सहयोग विस्तार रहेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीसम्बन्धी छुट्टा-छुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।