मुख्य समाचार

ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

काठमाडौं । दर्जनौं अनियमितताको फेहरिस्त प्रस्तुत गर्दै ओशो तपोवनविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको खुलासा भएको छ । गत असोज ६ गते परेको उजुरीमा ओशो तपोवनले आर्थिक, सामाजिक र वातावरणीय क्षति हुने क्रियाकलाप गरेको दावी गरिएको छ । 

 

 

 आफ्नो नाम र मोबाइल नम्बर गोप्य राख्न आग्रह गर्दै उजुरीकर्ताले दिएको निवेदनमा ओशो तपोवन आर्थिक अनियमिततामा फसेको उल्लेख छ ।
 

 

 गैरनाफामुलक संस्थाको रुपमा स्थापना भएको ओशो तपोवनको मुख्य ध्येय नै आर्थिक उपार्जन गर्नमा केन्द्रीत भएको उजुरीमा लेखिएकोछ । उजुरीको बुँदा नम्बर १२ मा लेखिएको छ, ‘प्रवेश शुल्क १५०, खाना २००, बास बसेको १ हजारदेखि १० हजारसम्म लिइ आम्दानी गरेको ।’
 

 

उजुरीमा ओशो तपोवनका कोठाहरुसमेत बिक्री हुने गरेको उल्लेख छ । उजुरीमा भनिएको छ, ‘आफ्ना नजिकको मान्छेबाहेक अन्यलाई साधारण सदस्या नदिएको, आजिवन सदस्य भन्ने शीर्षक अन्तर्गत २५ हजार सदस्य शुल्क लिएको, २० वर्षदेखि तपोवनभित्र २० लाख, ३० लाख र ७० लाख रुपैयाँ तिरी कोठा खरिद गर्ने बाहेक अन्यलाई सदस्यता नदिएको ।’
 

 

यस्तो क्रियाकलाप गर्ने संस्थाले २०४८ देखि ६१ सालसम्म कुनै कर राज्यलाई नुबझाएको भन्दै छानविन गर्न उजुरीमा माग गरिएको छ । गैरसरकारी संस्थाको रुपमा स्थापित ओशो तपोवनका ट्रष्टीहरु स्वामी आनन्द अरुणको निजी कम्पनीका कर्मचारी र सञ्चालकहरु मात्रै रहेका छन् । आनन्द अरुणको बिल्डिङ डिजाइन अथरोटी नामक कम्पनीका कर्मचारी र सञ्चालकमात्रै ओशो तपोवनको ट्रष्टी रहेको उल्लेख छ । 
 

 

ओशोको सिद्धान्त विपरीत शाखा कार्यालय झै ओशो तपोवनका अन्य उपवनहरु खुल्न थालेको उजुरीकर्ताको दावी छ । बुँदा नम्बर ७ मा लेखिएको छ, ‘पोखरा उपवन, लुम्बिनी जेतवनसमेतमा यसै तपोवनकै प्रक्रियामा संचालन गरेका, कोठा खरिद गर्न दिएको रकम फिर्ता मागे १५ प्रतिशत कटाउने गरेको, पोखरामा आफ्नो जग्गा गरिद गर्न दिएको रकम फिर्ता पनि नदिएको र जग्ग पनि उपलब्ध नगराएको यु.के बस्ने सुभाष श्रेष्ठ र अमेरिका बस्ने बिष्टजीको, तपोवन पब्लिकेशन नामक कम्पनी खोली १० करोडको किताब बार्षिक बिक्री गरेको तर कर नतिरेको, कुनै पनि कार्यको रसिद दिने नगरेको, पोखरामा नगरपालिकाबाट ५० लाख दिएका, करोडौं बैंक खातामा रहेको ।’
 

 

एनजिओ भए पनि तपोवन ग्रुपले जोब्रा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था खोलेर २० करोड लगानी गरेको, ग्यास कम्पनीमा लगानी गरेको तपोवनका संरक्षक अरुण कुमार सिंह र अन्य सञ्चालकहरुको सहकारी र बैंकमा करोडौं नगद जम्मा गरेको दावी उजुरीमा गरिएको छ । 
 

अझ रोचक पक्ष त यो संस्था एकै व्यक्ति वा समूहको कब्जामा परेको पनि देखिन्छ । उजुरीमा त्यस्तै संकेत गर्न खोजिएइको छ । २८ वर्षदेखि रमेश राजकर्णिकार मात्रै अध्यक्ष छन् । संस्थाको साधारणसभा पनि नियमित हुने नगरेको दावी गरिएको छ ।

 

र याे पनि, 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

ओशो तपोवन

विशेष