पोखरा प्रिमियर लिगमा पारसको टिमको लगातार दोस्रो हार
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको सोमबार भएकाे दोस्रो खेलमा पनि पारस खड्का कप्तान रहेको चितवन राइनोज पराजित भएको छ ।
पहिलो खेलमा लज्जास्पद पराजय भोगेको चितवन सोमबार पोखरासँग पाँच विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा १४० रन बनाएको थियो ।
१४१ रनको चुनौति पाएको पोखराले १७.२ ओभरमै ५ विकेटको क्षतीमा लक्ष्य भेटायो । चितवनलाई सजिलै हराउन भारतीय खेलाडी रविन्दर सिंहले फिस्फोटक ब्याटिङ गरे । उनले ४८ बलमा ६५ रन बनाए ।
यस्तै, कप्तान शरद भेषवाकरले ३७, रोहीतकुमार पौडेलले १० रनको योगदान दिए । विनोद भण्डारी (४) र मेहबुब आलम (७) रनमा अविजीत रहे । बलिङमा चितवनका करण केसीले ३, शक्ति गौचन र शनि पटेलले समान एक-एक विकेट लिए ।
यस अघि चितवनका लागि कप्तान पारस खड्काले ४४ रन, सन्नी पटेलले ४६ रन, अनिल शाहले १६ रन, सोनु तामाङले २१ रनको योगदान गरेका थिए ।
बलिङमा पोखराका लागि बिक्रम भुषालले १, शरद भेषवाकर, मेहबुब आलम र मोहम्मद नाविदले समान एक-एक विकेट लिए ।
पोखरा प्रिमियर लिग