खेल

साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा पाकिस्तानसँग भीड्ने

साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा पाकिस्तानसँग भीड्ने

काठमाडौं । बंगलादेशलाई रोक्न नसक्दा नेपाल यु–१५ साफ च्याम्पियनसिप फुटबलमा समूह ‘ए’ को उपविजेता बनेको छ । समूह विजेताका लागि भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २–१ को गोलअन्तरले पराजित भयो । 

 

 

सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो मिनेटमा नै अग्रता लिएको बंगलादेशले नेपाली खेलाडीको गल्तीमा दोस्रो हाफमा थप १ गोल गर्दा नेपालले पेनाल्टीमार्फत एक गोल फर्काएपनि घरेलु मैदानमा जित निकाल्न सकेन । 

 

 

खेलको सुरुवातमा बंगलादेशका लागि अहदले कप्तान रोष्टम इस्लामको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २ मिनेटमा नै बंगलादेशले बनाएको अग्रता नेपालले ३६ औ मिनेटमा बराबरी पारेको थियो । 

 

 

बंगलादेशका गोलरक्षक मिटुल मार्माले राकेश बिश्वकर्मालाई फल गरेपछि पाएको पेनाल्टीमा जान लिम्बुले गोल गरेका थिए । फलपछि बंगलादेशका गोलरक्षकले रातो कार्ड पाउँदै मैदान छोडेका थिए । 

 

 

 

त्यसपछि १० खेलाडीमा सिमित बंगलादेशबिरुद्ध नेपालले आक्रमक खेलेपनि जित निकाल्न सकेन उल्टै दोस्रो हाफको सुरुवातमा गोलको शिकार भयो । 

 

 


दोस्रो हाफको पहिलो मिनेटमा नै नेपाली कमजोर डिफेन्सको फाईदा उठाउदै बंगलादेशले २–१ को अग्रता बनायो । त्यसपछि नेपालले केही प्रहार गरेपनि बंगलादेशी डिफेन्डरले बिफल पारेका थिए । 

 

 

 

जितपछि समूह ए को बिजेता बनेको बंगलादेशले सेमिफाइनलमा अब समुह बिको उपबिजेता भारतसंग प्रतिस्पर्धा गर्नेछ । उपबिजेता नेपालले फाइनल प्रबेशका लागि समुह ए को बिजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

साफ च्याम्पियनसिप

विशेष