मुख्य समाचार

सामान्य रुघाखोकीबाट छातीमा संक्रमण भइसक्यो, कसरी क्रमिक सुधार ? 

सामान्य रुघाखोकीबाट छातीमा संक्रमण भइसक्यो, कसरी क्रमिक सुधार ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन् । गत शनिबार नेकपाले आयोजना गरेको चियापानमा सामान्य रुघाखोकी र हल्का ज्वरो आएको भनिएको थियो । अहिले छातीमा संक्रमण पनि देखिएको भन्दै मनमोहन कार्डियोशोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी ओली शर्माज्युको छातीमा संक्रमण देखिएको तथा शरिरमा चिनीको मात्रा असन्तुलन देखिएको हुँदा उहाँलाई आज मिति २०७५ कात्तिक १२ गते बिहान ४ः ३० बजे यस सेन्टरमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको छ । उहाँको अरु स्वास्थ्य समान्य अवस्थामा रहेको छ ।’
 
 

विशेष