कभर स्टोरी भिडियो

चीनसँगको विषयमा केपी ओलीले ‘सिफ्ट’ नै गरेका हुन् (भिडियोसहित)

चीनसँगको विषयमा केपी ओलीले ‘सिफ्ट’ नै गरेका हुन् (भिडियोसहित)

काठमाडौं । द्वन्द्व विशेषज्ञ डा. उमेशकुमार भट्टराईले मुलुकमा सजाय र पुरस्कारको व्यवस्था नभएसम्म आर्थिक विकास हुन नसक्ने बताएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा उनले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने उपयुक्त अवसर आएको तर सरकारले सोचे जस्तो गति लिन नसकेको उल्लेख गरेका छन् । 

 

डा. भट्टराईले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च न्युन मात्रै गर्न सक्नुले विकासका कामले गति नलिएको आँकलन गरेका छन् । उनले भने, ‘जनता कर तिर्ने तर सरकारले कर ढुकुटीमा थन्क्याएर राख्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको चाहना कसरी पूरा हुन्छ ?’


वर्तमान सरकारको काम गराईमा तौरतरिका नमिलेको भट्टराई बताउँछन् । सरकारको कामले गति लिन नसक्नुमा पूर्वएमाले र पूर्वमाओवादीका नेता कार्यकर्ताबीचमा अहिले पनि मन मिल्न सकेको छैन । जसका कारण सरकारको कामले गति लिन नसकेको भट्टराई बताउँछन् । 

 

प्रधानमन्त्री केपी ओलीले भारत र चीन दुवै मुलुकसँग राम्रो सम्बन्ध बनाउन सक्नु उनको क्षमता भएको भट्टराईको बुझाइ छ । नाकाबन्दीको बेला  ओलीले आफ्नो शाख राखे र अबको समय उनका लागि प्राप्त भएको छ । भट्टाराई भन्छन्, ‘चीनसँग कतिपय कुराहरु राम्रो भएको छ । भू राजनीतिको कारणले हामीले दुःख पाएको भन्न मिल्दैन । कतिपय कुरामा हामी मै समस्या छन् ।’ 


चीनसँगको विषयमा केपी ओलीले ‘सिफ्ट’ नै गरेको भट्टराई दावी गर्छन् । विशेषगरी कनेक्टिभिटीको सम्बन्धमा चिनियाँ बन्दरगाह प्रयोग गर्ने प्रोटोकलमा हस्ताक्षर हुनु एउटा कोशेढुंगा नै हो –डा. भट्टराई बताउँछन् ।

डा. उमेशकुमार भट्टराई

विशेष