मनोरञ्जन

अरबाजले भने, ‘२१ वर्षसम्म प्रयास गर्दा पनि बच्न सकेन मलाइकासँगको सम्बन्ध’

अरबाजले भने, ‘२१ वर्षसम्म प्रयास गर्दा पनि बच्न सकेन मलाइकासँगको सम्बन्ध’

मुम्बई । सन् २०१७ मेमा अभिनेता तथा निर्देशक अरबाज खानको उनकी श्रीमति मलाईका अरोडासँग सम्बन्ध विच्छेद भएको थियो । मिडिया रिपोर्टमा उनीहरूको सम्बन्ध विच्छेदको कारण मलाइका र अर्जुन कपूरको नजिकिदों सम्बन्ध रहेको उल्लेख गरिएको थियो । मलाईका अहिले अर्जुन कपूसँग विवाह गर्ने तयारीमा छिन् । हालै भारतको एक सञ्चारमाध्यमसँग अरबाजले सम्बन्ध विच्छेदबारे बोलेका छन् । 

 

कुराकानीको क्रममा सम्बन्धमा जति धेरै त्याग गरेपनि मानिसले सधैं धेरै पाउन खोज्ने बताए । उनले भने, ‘हामी पर्फेक्सन पाउन चाहन्छौं । सम्बन्ध निभाइरहनका लागि हामीलाई हरेक दिन मिहेनत गर्नुपर्ने हुन्छ ।’ अरबाजले ठिक यस्तै मलाइका र आफ्नो सम्बन्ध्मा पनि भएको भन्दै भने, ‘मैले २१ वर्षसम्म कोशिश गरें तर यसमा सफल हुन सकिन । कति मानिसले मेरो जति पनि प्र्रयास गर्दैनन् ।’

 

मलाइका र अरबाजले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरूको १५ वर्षीया छोरा अरहान खान पनि छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मलाइका चाँडै नै अर्जुन कपूरसँग वैवाहिक बन्धनमा बाँधिदै छिन् । केही अन्य मिडिया स्रोतका अनुसार, अरबाज पनि इटालियन मोडल एन्ड्रियानीलाई डेट गरिरहेका छन् । 
 

अरबाज खान

विशेष