खेल

पोखरा प्रिमियर लिगः पारसको टिमद्वारा शरदको पोखरालाई १४१ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिगः पारसको टिमद्वारा शरदको पोखरालाई १४१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को सोमबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

 

 

उसले पाँच विकेटको क्षतीमा चितवनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । चितवनका लागि भारतीय खेलाडी शनि पटेलले नटआउट ४६ प्रहार गरे । 

 

यस्तै, कप्तान पारस खड्काले ४४, सोनु तामाङले २१, अनिलकुमार शाहले १६, हरिशंकर शाहले ३ र करण केसी शून्य रनमा अाउट भए । समित पटेल १ रनमा अविजीत रहे । 

 

 

बलिङमा पोखराका लागि बिक्रम भुषालले १, शरद भेषवाकर, मेहबुब आलम र मोहम्मद नाविदले समान एक-एक विकेट लिए । 

पोखरा प्रिमियर लिग

विशेष