मनोरञ्जन

फोटोमा हेर्नुस् प्रियंकाको ‘ब्राइडल सावर’, २ डिसेम्बरमा विवाह

फोटोमा हेर्नुस् प्रियंकाको ‘ब्राइडल सावर’, २ डिसेम्बरमा विवाह

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाहको ‘प्रि वेडिङ सेलिब्रेसन’ सुरु भएको छ । सोमबार राती उनले न्यूयोर्कमा एक ‘ब्राइडल सावर पार्टी’ राखिन् जसमा उनी निकटका साथीहरू र परिवारको उपस्थिती थियो । प्रियांकाले आफ्नो इन्स्टाग्रामको स्टोरीमार्फत यस खबरको जानकारी दिएकी हुन् । 

 

फोटोमा उनी पार्टीको लागि तयार हुँदै गरेको अवस्थामा देखिएकी छन् । स्रोतले जनाएअनुसार, ३६ वर्षीया प्रियंकाको विवाह २९ नोभेम्बर देखि २ डिसेम्बरसम्म चल्ने बताइएको छ । २ डिसेम्बरमा जोधपुरको मेहरानगढ फोर्टमा उनले २६ वर्षीया अमिरिकी गायक निक जोनस सँग हिन्दू रितीरिवाजमा विवाह गर्नेछिन् ।

 

उनीहरू दुईको इन्गेजमेन्ट गत अगस्टमा मुम्बइमा भएको थियो । हिन्दू रितीरिवाजमा भएको उक्त इन्गेजमेन्टमा निकका बाबुआमाको पनि उपस्थिती थियो । 

एजेन्सी

प्रियंका चोपडा

विशेष