मुख्य समाचार

भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

काठमाडौं । नेपालमा ओशो सन्यासीहरुबीचको तनावलाई लिएर भारतका चर्चित ओशो सन्यासी स्वामी अशोक भारतीले दुःख व्यक्त गर्दै स्वामी आनन्द अरुणप्रति करुणा प्रकट गरेका छन् । 

 

 

फेसबुक म्यासेन्जरमा नेपालआजसँग कुराकानी गर्दै भारतीले भने, ‘आनन्द अरुणले आफ्नै गुरुभाईलाई शक्तिको दुरुपयोग गरेर प्रहरी लगाएर पक्रन लगाउनु भयो भन्ने सुन्दा नराम्रो लागेको छ । एक ओशो सन्यासीमा यो तहसम्मको प्रतिशोधको भावना हुनु दुःख लाग्दो कुरा हो । उनमा सद्बुद्धी पलाओस् ।’

 

 

साइबर क्राइमको अभियोगमा स्वामी देवसुन्दर पक्राउ परेपछिको सन्दर्भमा भारतीयले यस्तो बताएका हुन् । उनले आनन्द अरुण आफूप्रति पूर्वाग्रह भएको दावी गरे । उनले भने, ‘आनन्द अरुण मप्रति नकारात्मक भावना राख्थे भन्ने थाहा थियो । तर मेरो केही बिगार्न नसकेपछि मेरो रिस देवसुन्दरसँग पोखेको महशुस भएको छ ।’

 

 

केही समय अघि नेपाल पनि आएका स्वामी अशोक भारतीविरुद्ध ओशो तपोवनले विज्ञप्ति निकाल्दै उनीसँग तपोवनको कुनै सम्बन्ध  नरहेको उल्लेख गरेको थियो । विज्ञप्तिमा ओशोको सिद्धान्तविपरीतका विभिन्न गतिविधिहरु भारतीले गरेको आरोप लगाइएको थियो । त्यो घटनापछि अशोक भारती र ओशो तपोवनबीच सम्बन्ध बिग्रेको बताइन्छ । 

 

 

सो घटनाबारे उल्लेख गर्दै भारतीले भने, ‘म नेपाल आएँ । ध्यान शिविरहरुमा भाग लिएँ । मानिसहरुले मलाई प्रेम दर्शाए । धेरै मानिसहरुले मप्रति दर्शाएको प्रेम देखेर ओशो तपोवनले त्यस्तो विज्ञप्ति जारी गरेको मेरो ठहर छ ।’

 

र याे पनि, 

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

विशेष