प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
छातीमा संक्रमण देखिएपछि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीको हालको अवस्थाबारे अस्पतालले बुधबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हो ।
बुधबार बिहान गरिएको परीक्षणहरुमा प्रधानमन्त्रीको स्थितिमा थप सुधार देखिएको विज्ञप्तिमा उल्लेख छ । डा. अरुण सायमीको संयोजकत्वमा प्रा.डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास सम्मिलित टोलीले ओलीको उपचारमा क्रियाशील छ ।