खेल

रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

लास भेगास । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । 

 

 

अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । 

 

 

पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । ‘मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन’ ३३ वर्षीय रोनाल्डोले भनेका छन् ।

 

 

‘बलात्कार घृणित अपराध हो ।’ उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् । प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन । 

क्रिस्टियानो रोनाल्डो यौन शोषण अमेरिकी मोडेल

विशेष