विमानस्थलमा आर्लीने वित्तिकै प्रधानमन्त्रीले भने- दुइचार दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं
काठमाडौं । अमेरिका भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रतालाई दुइचार दिन धैर्य गर्न आग्रह गरेका छन् । अहिले पार्टीभित्रै केही समस्या आएको हल्ला आएपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताए । उनले भने, ‘२र४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।’
यस्तै, उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।
सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।
यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष माने कुरा मात्र हो ।’
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उनले भने, भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’
उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् । राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेर फर्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण