मनोरञ्जन

ऋषि कपूरलाई क्यान्सर भएको भन्ने खबरबारे रणधीर कपूरले भने, ‘यो समयमा यस्ता आंकलन गरिनु गलत’

ऋषि कपूरलाई क्यान्सर भएको भन्ने खबरबारे रणधीर कपूरले भने, ‘यो समयमा यस्ता आंकलन गरिनु गलत’

नयाँ दिल्ली । के ऋषि कपूरलाई क्यान्सर भएको हो ? के उनी क्यान्सरको तेस्रो स्टेजको उपचार गर्न अमेरिका गएका हुन् ? यस्ता प्रश्नहरू सामाजिक सञ्जालमा चर्को रूपमा उठ्न थालेका छन् । यसैबीच ऋषि कपूरका दाजु रणधीर कपूरले एक अन्तर्वार्तामा यसबारे स्पष्टिकरण दिएका छन् । 

 

उनले भने, ‘ऋषि कपूरको हालत एकदम ठिक छ । उनको टेस्ट शुक्रबारबाट सुरू हुन्छ । जबसम्म टेस्ट हुँदैन, तबसम्म हामी उनलाई के भएको भन्नेबारे स्पष्ट भएर भन्न सक्दैनौं । यस्ता सबै आंकलनलाई म खण्डन गर्न चाहन्छु । यो हाम्रो लागि एकदम नराम्रो समय हो । भर्खरमात्र हामीलाई मातृशोक भएको छ, यसबीच ऋषिलाई लिएर यस्ता आंकलन गरिनु नराम्रो हो ।’

 

सोमबार ऋषि र रणधीरकी आमा कृष्णा राज कपूरको हृदयघातका कारण मृत्यु भयो । उपचारका लागि अमेरिका पुगेका ऋषि अन्तिम संस्कारमा सामेल हुन सकेनन् । उनकी पत्नी नीतू कपूर र छोरा रणवीर कपूर पनि यतिबेला उनीसँगै अमेरिकामा छन् । यतिबेला ऋषिको उपचार त्यही अस्पतालमा भइरहेको छ, जहाँ अभिनेत्री सोनाली बेन्द्रेले क्यान्सरको उपचार गराएकी थिइन् ।   
 

Rishi kapoor

विशेष