मनोरञ्जन

दीपिका एसिड आक्रमण विरुद्धको चलचित्रमा देखिदैं

दीपिका एसिड आक्रमण विरुद्धको चलचित्रमा देखिदैं

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न् । संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि उनी गुलजारको चलचित्रमा देखिने भएकी हुन् ।

 

 

यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ । तर, यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । 

 

 

प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल हिंसाको मात्र नभएर ताकत, साहस, आशा र जीतको कहानी हो । लक्ष्मीको कहानीले मलाई धेरै प्रभावित पार्यो र म यो चलचित्रका लागि तयार भए ।’

 

 

लक्ष्मीले आफ्नो शरीरमा एसिड आक्रमणको घटनापछि पनि हिम्मत हारिनन् । उनी हाल ‘स्टप एसिड अट्याक’ नामको अभियान चलाउछिन् । उनी यो कार्यक्रमकी संस्थापक हुन भने साथमा एक छोरीकी आमा पनि ।

दीपिका पादुकोण मेघना गुलजार

विशेष