मुख्य समाचार भिडियो

सरकारलाई रेखाको प्रश्न, ‘जनताको न्याय ठूलो की अपराधीलाई लुकाउनु ठूलो ?’ (भिडिओसहित)

सरकारलाई रेखाको प्रश्न, ‘जनताको न्याय ठूलो की अपराधीलाई लुकाउनु ठूलो ?’ (भिडिओसहित)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विरोधमा शनिबार राजधानीको मण्डला हुँदै बानेश्वरमा भएको प्रदर्शनमा नायिका रेखा थापाले पनि सहभागिता जनाएकी छन् । नायिका थापाले सडकमा एउटै विषयलाई लिएर बारम्बार शान्तिपूण आन्दोलन गरिनु सबैलाई लाजमर्दो अवस्था भएको बताइन् । 

 

उनले थपिन्, ‘हामी जस्तै महिलाहरूलाई हामीले नै प्रतिनीधि बनाएर पठाएका छौं । उहाँहरूले के खिचडी पकाइरहनु भएको छ ? प्रतिनीधि भएर बस्नु भएको तर पनि तराई देखि हिमालसम्मका सबै महिलाहरूले शिर झुकाएर बस्नुपर्ने अवस्था छ भने ती महिला प्रतिनीधिहरू हामीलाई किन चाहियो र ? 

 

आधुनिक युगमा पनि अपराधीलाई पत्ता लगाउन नसकेको सरकारलाई उनले प्रश्न गरिन्, ‘एउटा अपराधिलाई लुकाएर सरकारले के साख जोगाउन खोजेको ?’ 


उनले भनिन्, ‘हामीले बोल्ने प्रस्ट भाषा यदि सरकारले बुझ्दैन भने अब हामी कुन भाषा बोल्ने ? निर्मला जस्ता कयौं चेलीहरूले यसरी ज्यान गुमाउनु परेको छ । निर्मालाले अब पनि न्याय पाउदैन भने अबको चार वर्ष पछि हामीहरू पनि जिवीत हुन्छौ की हुँदैनौ यो पनि हामीलाई सरकारले भनदिनु पर्यो । हामीले भोट दिएर जीतेको सरकारले यो कस्तो प्रकारको सत्ता चलाइरहेको छ ?

 

सरकारलाई प्रश्न गर्दै, ‘सरकार किन यस्तो लाचार भएको ? हामी जनताको न्याय ठूलो की अपराधीलाई लुकाउनु ठूलो ? सरकार एउटा अभिभावक हो रे ? भने पनि अभिभावकसँग यसरी सडकमा ओर्लिएर न्यायको लागि भीक माग्नु पर्ने अवस्था सृजना भएको छ ?' 

 

'अब यसको लागि लाखौंको महिलाको संख्यामा टुडिखेलमा ओर्लिएर दवाब दिनु पर्यो र ? महिलाको शक्ति बारे सरकारलाई थाहा छैन् होला । महिलाकै मत लिएर महिलामाथि अन्याय गरिरहन कति को जायज छ ? मैले सुनेको थिए बानेश्वरको भवनमा खसिको टाउको राखेर कुकुरको मासु बेचिन्छ भन्ने कुरा सायद यस्तै हो कि लाग्न थालिसक्यो ।'
 

कञ्चनपुर १३ वर्षीया निर्मला पन्त रेखा थापा

विशेष