कभर स्टोरी अन्तरवार्ता भिडियो

‘हाम्रो दुर्भाग्य नेपालमा देशभक्त नेता नै जन्मेनन्’ (भिडियोसहित)

‘हाम्रो दुर्भाग्य नेपालमा देशभक्त नेता नै जन्मेनन्’ (भिडियोसहित)

काठमाडौं । नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले जनस्तरमा रहेको नेपाल–चीनबीचको सम्बन्धबारे विशेष प्रकाश पारेका छन् । 


नेपाल आजसँग यससम्बन्धमा विशेष कुराकानी गर्दै अध्यक्ष पौडेलले गैरसरकारी स्तरमा आफूले हालै गरेको चीनको उच्चस्तरीय भ्रमणबाट दुई देशका जनताबीच रहिआएको मैत्री सम्बन्ध अभिवृद्धि गर्न मद्दत पु-याएको बताए । उनले नेपाल चीनको छिमेकी मात्र नभएर सिल्क रोडबाट नेपालले पूरा लाभ लिन अधिकार भएको र चीनले नेपाल सानो देश भनेर उपेक्षा गर्न नहुने कुराको चर्चा गरे । 


कुराकानीका क्रममा नेपाल–चीनबीच जनस्तरमा रहिआएको सम्बन्धका पक्षमा अध्यक्ष पौडेलले व्यक्त गरेका अभिव्यक्तिको सारसंक्षेप यसप्रकारको छ :

 

‘इन्टरनेसनल थिंकट्यांक फोरमको निम्तोमा म गएको थिएँ । खासगरेर चीन र फ्रान्सले आयोजना गरेको त्यो संयुक्त कार्यक्रम थियो । त्यो चाहिँ वान बेल्ट वान रोड इनिसिएटिभ र नेपाल चाइना रिलेसनसिपको विषयमा मैले आफ्नो विचार अभिव्यक्ति दिएको थिएँ । त्यसको अध्यक्षका रूपमा नेसनल कंग्रेस पिपुल्सका उपाध्यक्ष कमरेड ‘छन चु’ हुनुहुन्थ्यो । कार्यक्रममा मैले हामी नेपालीहरू चिनियाँ रेललाई पर्खिरहेका छौं । त्यसलाई कुनै किसिमको अरू कुराहरूले असर नपार्ने हिसाबले बढी महत्व दिएर अगाडि बढोस् र चीनले नेपालसँग जनस्तरमा रहेको सम्बन्धलाई बढी महत्व देओस् भन्ने कुरालाई प्रमुखताका साथ राखेको थिएँ ।’


‘नेपाल–चीनबीच एक परिवारसरहको सम्बन्ध छ । यस कुराको पुष्टि बेत्रावती सन्धिमा स्पष्ट छ । त्यो सन्धिमा लेखिएको छ कि तिब्बत र चीन दुई भाइ हुनेछन्  र चीन अभिभावक रहनेछन् । विश्वको इतिहासमा हेर्ने हो भने यस किसिमको विशिष्ट सम्बन्ध अरू देशहरूसँग भएको पाइँदैन् । यसले पुष्टि के गर्छ भने चीन नेपाल एक परिवारका सदस्य हुन् भनी स्वीकार गरिआएको छ । चिनियाँ गैरसरकारी संस्थाहरू नेपाली समाजको विकासका लागि सहयोग गर्न आउनु भनेको गर्वको विषय हो । यसको विरोध गर्नुपर्ने म देख्दिनँ ।’ 

 




‘चीनले पञ्चशील नीतिका आधारमा आफ्ना परराष्ट्र नीति अगाडि बढाइरहेका छन् । चीनले सदैव भनिरहेको छ, सबै साना ठूला देशहरूसँग सहअस्तित्वका आधारमा सम्बन्ध अगाडि बढाउने र चीनले नेपालको हरेक परिवर्तनमा आजको मितिसम्म कहिले पनि हस्तक्षेप गरेको छैन । चिनियाँ गैरसरकारी संस्थाहरू नेपालमा आउन दुई रकारबीच भएको सम्झौता हो । चीनले नेपाललाई दबाब वा हस्तक्षेप गरेर आएको होइन ।’
 

‘हाम्रो दुर्भाग्य हो कि नेपालमा नेता नै जन्मेन, यहाँ पार्टीको नेता भए । पार्टीका पदाधिकारी भए । तर देशको नेता भएन । सरकार पार्टीको भयो । नेपाली जनताको सरकार भएन । कुरा त्यसले बिग्रेको हो । जब कोही पनि नेता सबै नेपालीको हुन सक्दैन भने त्यो नेता कसरी भयो त्यो त पार्टीको पदाधिकारी भयो । तर देशको नेता भएन । विगत दुई तीन दशकदेखि मैले नेपालीको प्रधानमन्त्री देखिरहेको छैन । पार्टीका प्रधानमन्त्री छन् । विभिन्न स्वार्थका नेताहरू छन् । ती नेपाल र नेपाली जनताका स्वार्थका नेता हुन सकेनन् । यो हाम्रो दुर्भाग्य हो । तर हाम्रो देशमा देशभक्त नेता नभएतापनि हामी अखण्ड र स्वाभिमानी भएर बस्न सकिरहेका छौं, यो हाम्रो अहोभाग्य हो ।’


‘चीनसँगको पारवहन सन्धि २०१६ मै भइसकेको थियो । त्यसमा पहिलेका प्रधानमन्त्रीहरूले सहमति जनाइसकेका छन् । त्यसमा हस्ताक्षर अहिले भएको हो । तर यहाँ के गरिएको छ भने चीनसँग एउटा समान्य कुरा गरिन्छ भने त्यसलाई फेस सेभिङ या त्यसैलाई राष्ट्रवादी आवरण देखाउनका लागि वा आफूलाई देशभक्त बनाएर प्रस्तुत गर्न प्रयोग गर्नका लागि काम भइरहेको छ साथ साथमा । यो उहाँहरूले किन गरिरहनु भएको छ भन्दा आफ्ना कमी कमजोरीलाई ढाकछोप गर्नका लागि । नेपाल चीबीच भएको पारवहन सन्धिलाई लिएर आपत्ति जनाउन पर्दैन् । यो उसको खुशीको कुरा हो । उसले बुझेको छैन । जुन मिडिया राजनीतिक मान्छे छन् तिनीहरू भारतप्रति जिम्मेवार छैनन् ।’


‘उनीहरू इन्डियालाई कमजो। बनाउने मानिसहरू हुन् । सबै इन्डियनहरू देशभक्त छैनन् । सबै नेपालीहरू देशभक्त छैनन् । हरेक देशमा यस्ता गद्दारहरू पनि हुन्छन् । त्यस्ता गद्दारहरूले त्यस्ता कुराहरू गर्नु भनेको नराम्रो कुराहरू होइनन् । त्यलाई सहजरूपमा लिनु पर्दछ । नेपालले चीनसँग जति सम्बन्ध बढाइरहेको छ त्यो नेपाललाई भन्ला इन्डियालाई बढी फाइदा छ । यदि इन्डियाले त्यसलाई सही ढंगले सदुपयोग गर्ने हो भने । नेपाल शान्त र स्थिर भएको देख्न नचाहने जुन शक्ति छन् त्यही शक्ति इन्डिया पनि शान्त र स्थिर नभएको देख्न नचाहने शक्ति छन् । तिनीहरूले ती गद्दार शक्तिलाई प्रयोग गरिरहेका छन् ।’


‘चिनियाँ रेल अवश्य पनि नेपनलमा आउँछ । चिनियाँ रेल नेपालमा आउँदा इन्डिया डराउन र तर्सिनु पर्दैन् । चिनियाँ रेलले यो क्षेत्रलाई नै सकारात्मक सन्देश दिन्छ ।’        
 

प्रेमसागर पौडेल नेपाल–चीन सम्बन्ध

विशेष