चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचनाः महासचिव पौडेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताएका छन् । आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पौडलले चाँडै नै सरकारले परिणाम आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमे बताए ।
साथै, उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए
पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो ।