मुख्य समाचार

निर्मलाको न्यायका लागि राजधानीमा प्रदर्शन, डा. केसीलगायत स्वतन्त्र व्यक्तिको सहभागिता

निर्मलाको न्यायका लागि राजधानीमा प्रदर्शन, डा. केसीलगायत स्वतन्त्र व्यक्तिको सहभागिता

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग राख्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ ।

 

 

निर्मलाका लागि न्याय अभियानको अगुवाइमा भएको प्रदर्शनमा पन्तको बलात्कारी र हत्यारालाई कारबाही गर्न माग राख्दै सहभागीहरुले सरकारको आलोचना गर्दै नाराबाजी गरेका छन् ।

 

 

प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा डा. गोविन्द केसी लगायतका स्वतन्त्र व्यक्तिहरुको सहभागिता रहेको थियो ।

निर्मला पन्त प्रदर्शन

विशेष