मुख्य समाचार

अब गल्ति गर्ने प्रहरीलाई कडा कारवाही हुन्छः आइजीपी खनाल

अब गल्ति गर्ने प्रहरीलाई कडा कारवाही हुन्छः आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी संगठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् । 

 

 

 

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार काठमाडौंमा आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । ‘संगठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन’ उनले भने । 

 

 

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए । 

 

 

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ थियो । 

 

 

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताए । 

 

 

प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आइतबार सकिएको हो ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

विशेष