मुख्य समाचार

बल्ल पक्राउ परे सिके राउत

बल्ल पक्राउ परे सिके राउत

रौतहट । सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन् । स्वतन्त्र मधेसका अभियान्ता राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ गरेको हो । 

 

 


पुरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई पक्राउ गरेको हो । यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन् । 

 

 

भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए । प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन । 

रौतहट सिके राउत

विशेष