मुख्य समाचार

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक, एसपी बिष्टमाथि नै अनुसन्धान गर्नु पर्ने निष्कर्ष 

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक, एसपी बिष्टमाथि नै अनुसन्धान गर्नु पर्ने निष्कर्ष 

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन बल्ल सार्वजनिक भएको छ ।

 

 

पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ ।

 

 


आइतबार साँझ गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको गृहप्रवक्ता सह(सचिव रामकृष्ण सुवेदीले बताए। यसअघि समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको आलोचना भएको थियो ।

 

 

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

 

 

यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।

 

 

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।
 

निर्मला हत्याकाण्ड कञ्चनपुर डिल्लीराज विष्ट

विशेष