मुख्य समाचार

धमाधम बन्द हुँदै ‘पोर्न साइट’, हालसम्म १६ हजार बढी साइटमाथि बन्देज

धमाधम बन्द हुँदै ‘पोर्न साइट’, हालसम्म १६ हजार बढी साइटमाथि बन्देज

काठमाडौं । नेपालमा धमाधम ‘पोर्न साइट’ बन्द भइरहेका छन् । समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटको ठूलो प्रभाव रहेको भन्दै यस्ता साइटहरु धमाधम बन्द भइरहेका हुन् । 

 

 

हालसम्म १६ हजार बढी यस्ता साइट बन्द भइसकेका सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ । नेपालमा सर्वाधिक हेरिने मध्ये पोर्न हब, एक्सएन डटकम, यु पोर्नलगायत लगायत साइट बन्द गरिएका छन् । 

 

 

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । 

 

 

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो ।उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ ।

 

 

 

मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा पछिल्लो समय इन्टरनेटका माध्यमबाट अश्लील सामाग्रीको प्रयोगले सीमा नाघ्दै गएकाले यस्तो निर्णय गरिएको उल्लेख छ।

 

 

इन्टरनेटमा अश्लील सामाग्रीको प्रयोगले समाजमा विकृति र छाडापन बढ्दै गएकाले यसलाई रोक्न यो निर्णय आएको ढकालले बताए । 

 

 

अहिलेको मुलुकी अपराध (संहिता) ऐनमा पनि यस्ता कुरालाई रोक्न स्पष्ट कानुन भएकाले त्यसै अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयले प्रकाशित जारी गरेको विज्ञप्ती

पोर्न साइट सूचना तथा प्रविधि मन्त्रालय

विशेष