मुख्य समाचार

दाङमा चाँडै दुई विमानस्थल सञ्चालनमा आउँछन्ः सभामुख महरा

दाङमा चाँडै दुई विमानस्थल सञ्चालनमा आउँछन्ः सभामुख महरा

लमही । सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् । 

 

 

सोमबारदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । ‘दुवै विमानस्थल सञ्चालनमा आउँछन्’, उनले भने । 

 

 

उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताए । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उनको भनाइ थियो । 

 

 

 

स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने बताए । केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उहाँले बताए ।

 

 

सोमबारदेखि दाङको टरिगाउँ विमानस्थलबाट नियमित हवाईसेवा सञ्चालन हुनेछ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार हवाइसेवा सञ्चालनमा आउने छ । 

दाङ विमानस्थल कृष्णबहादुर महरा

विशेष