खेल

आइसीसी बरियतामा सन्दीप अटाएनन्, बसन्त र सोमपाल भने स्थान ओगट्न सफल

आइसीसी बरियतामा सन्दीप अटाएनन्, बसन्त र सोमपाल भने स्थान ओगट्न सफल

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को वरियतामा पर्न असफल भएका छन् । 

 

आइसीसीले सोमबार निकालेको नयाँ वरीयतामा नेपालका दुईजना बलरले भने आफ्नो नाम लेखाउन सफल भएका छन् । सार्वजनिक ट्वान्टी-ट्वान्टीको क्रिकेटको बरीयतामा नेपालका सोमपाल कामी र बसन्त रेग्मी परेका छन् ।

 

 

 बसन्तले ७१ औं स्थानमा आफ्नो नाम लेखाउन सफल भएका छन् भने सोमपाल बलिङको ९३औं स्थानमा आएका हुन् । 

 

 

नेपालका चर्चित बलर लामिछाने भने आइसीसीको यसबर्षको बरीयतामा अटाउन सकेनन् । टी-ट्वान्टी बलिङतर्फ अफगानस्थानका रासिद खान पहिलो नम्बरमा छन् ।

सन्दीप लामिछाने सोमपाल कामी बसन्त रेग्मी

विशेष