मुख्य समाचार

गृहमन्त्रीको निर्देशनमा तीन प्रहरी प्रमुख फेरिए

गृहमन्त्रीको निर्देशनमा तीन प्रहरी प्रमुख फेरिए

काठमाडौ । दिनहुँ नेपाल प्रहरीको सुरक्षाप्रति नागरिकको आशा घट्दै गएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाललाई कडा निर्देशन दिएका छन् । उनले आज आइजिपी खनाललाई मन्त्रालयमै बोलाएर कडा निर्देशन दिएका हुन् ।

 

 

गृहमन्त्री बादल निर्मला हत्या प्रकरणको यथार्थ ल्याउन असफल भइरहेका बेला काठमाडौंमा डिएसपी श्याम राई घुससहित पक्राउ परेपछि झन आक्रोशित भएका छन् । 

 

 


उनले आइजिपी खनाललाई उपत्यकाका तीन वृतका प्रमुखलाई परिर्वतन गर्न पनि निर्देशन दिएका छन् । यसैबीच, सोमबार नै तीन वटा वृत प्रमुख परिर्वतन भएका छन् । 

 

 

घुससहित प्रक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राईको ठाँउमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ। 

 

 


यस्तै, महानगरीय प्रहरी वृत सातदोबाटोमा डिएसपी गौतम मिश्र, सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

 

 


यस्तै,  महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापा र थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको प्रवक्ता क्षेत्रीले बताए।

गृहमन्त्री गृहमन्त्री बादल निर्मला हत्या

विशेष