मुख्य समाचार

सीके राउतलाई राज्यविरुद्धको अपराधको मुद्दा

सीके राउतलाई राज्यविरुद्धको अपराधको मुद्दा

रौतहट । सीके राउतलाई जिल्ला प्रहरी गौरले राज्यविरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई सोमबार प्रहरीले अदालत पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । 

 

 

राउतलाई ४ दिन म्याद थपेर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । राउतसँगै उनका समर्थक चारजनालाई पनि मुद्धा चलाइएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डा. राउतलाई प्रहरीले आइतबार रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको थियो ।

 

 

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

 

 

उनीसँगै उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको थियो । गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए ।

 

 

 

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो । 

 

 

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए । 

 

 

 

राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो

सीके राउत

विशेष