कभर स्टोरी भिडियो

अब प्रचण्डलाई बोकेर भारतले नेपालमा अस्थिरता मच्चाउछ (भिडियोसहित)

अब प्रचण्डलाई बोकेर भारतले नेपालमा अस्थिरता मच्चाउछ (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक नेपालआजका नियमित भिडियो स्तम्भकार डा. प्रेमसिंह बस्न्यातबाट प्रशंसा पाएका छन् । नेपाली सेनाका पूर्वसहायक रथी बस्न्यातले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा राम्रो वक्तव्य दिएको उल्लेख गर्नुभएको छ । एक बलियो, विकसित मुलुकका प्रधानमन्त्रीले झै प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्नु भएको बस्न्यातको भनाइ छ । नेपाली राजनीति र नेतृत्वबारे खरो टिप्पणी गर्ने बस्न्यातले यसपटकको बसाईमा राख्नु भएको धारणाको सार निम्नानुसार छः 

 

–‘यसपटक प्रधानमन्त्री केपीले संयुक्त राष्ट्र संघको महासभामा राम्रो बोल्नु भयो । अमेरिका जाँदा ६ जना जाँदा हुन्थ्यो । तर २० जनाको डफ्फा लिएर जानु भएको भन्ने पनि छ । कोस्टारिका नजाँदा पनि हुन्थ्यो । तर बहकिएर हिँड्नु भयो ।

 

–    ओली सरकारले नराम्रो काम गरेको छैन । तर राम्रो काम पनि भएन । सरकारको गति देखिएन । दुई तिहाईको सरकारको बल देखिएन । लुरे सरकार बनेको महशुस भएको छ । 

 

–    डा. बाबुराम भट्टराई राजनीतिमा आएका कारण उनले राजनीतिलाई भद्रगोल बनाए । 

 

– माधवकुमार नेपाल किन रोइकराई गर्नुहुन्छ ? मैले बुझ्न सकेको छैन । आफू प्रधानमन्त्री हुँदा मुग्लिङको पुल मर्मत गर्न निर्देशन दिँदा सचिवले अटेरी गरेको, राजमार्गको खाल्डा पुर्न कर्मचारीले चासो नदेखाएको गुनासो गर्नु भएको थियो । 



–    दुई दुई ठाउँबाट हारेको मान्छे माधव नेपाल प्रधानमन्त्री भए । नेपालमा धेरैजसो काग्तालीले प्रधानमन्त्री बन्नेहरु छन् । आफ्नो क्षमताले त त्यस्तै उस्तै हो । अहिले अर्का हरुवा बामदेव गौतम बुरुक बुरुक गरिरहेका छन् । 

 

–    माधव नेपाल, वामदेव गौतम, शेरबहादुर देउवा यि सबै टेस्टेड असफल नेताहरु हुन् । यिनीहरुले सरकारको बारेमा धेरै बोल्न आवश्यक छैन । यिनीहरुको पालामा नेपालमा के के सम्म भएन ? सोचौं त । 

 

–    सरकार टिम स्पिरिटमा चलेको छैन । निजगढ विमानस्थल बनाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारी रुख काट्नु पर्छ भन्दैछन् । वनमन्त्री रुख काट्न दिन्न भनिरहेका छन् । 

 

–    एमाले र माओवादी मिल्नु भनेको बागमतीमा ढल मिसिएजस्तो हो । ढल भनेको माओवादीहरु हुन् । 

 

–    डा. बाबुराम भट्टराई बिखण्डनबारी हुन् । उनले अमेरिकामा मैले घुस खान आवश्यक छैन । दम्पत्ती नै इञ्जिनियर भएको दावी गरे । जेठीसासुहरुलाई लगेर लुट मच्चाएको होइन त ? 

 

–    देशको दुश्मनको पुनर्जन्म बाबुरामका रुपमा भएको हो । नेपालीहरुले जहाँ भेटे पनि छिःछिः दुरदुर गर्ने बेला आएको छ । सिंगो नेपाल बाबुरामलाई चाहिएकै छैन । उनी सिके राउत छुटाउन पनि जान्छन् । 

 

–    प्रचण्ड चतुर नेता हुन् । यिनी एसियाकै चलाख नेता हुन् । यिनले कसलाई घोडा बनाएनन् होला र ? राजालाई पनि मुर्ख बनाए । पूर्वएमालेको काखमा बसेर यिनी मजा गरिरहेका छन् । मानवअधिकार उल्लंघन र भ्रष्टाचार जोगाउन      प्रचण्डले यस्तो गरिरहेका छन् । 

 

–    नेपालका राजाले नेपाल–भारत सम्बन्ध बिगारेको भनेर भारतमा गएर भारतीय झै भएर बोल्ने प्रचण्ड जस्ता खराब पाउन गाह्रो छ । अब भारतले प्रचण्डलाई बोकेर नेपालको राजनीति अस्थीर बनाउछ । 

 

–    राजेन्द्र क्षत्रीले पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति कसरी त्यति भयो स्पष्ट पार्नु पर्छ । 

 

–कल्याण श्रेष्ठ एनजिओको हिरो हुन् ।’
 

डा. बाबुराम भट्टराई सिके राउत प्रचण्ड केपी ओली डा. प्रेम सिंह बस्न्यात

विशेष