मुख्य समाचार

दसैं मनाउनका लागि प्रधानमन्त्रीसँग सहयोग माग्न राउटे काठमाडौं आउँदै

दसैं मनाउनका लागि प्रधानमन्त्रीसँग सहयोग माग्न राउटे काठमाडौं आउँदै

सुर्खेत । केही दिनअघि दैलेखबाट सुर्खेत सरेका फिरन्ते राउटे काठमाडौंका लागि बस चढेका छन् ।

 

 

उनीहरु दसैं आउन लागेपछि खाने कुराको व्यवस्था गरिमाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आउने बसमा चढेका हुन् । मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना राउटेको समूह काठमाडौं आउन लागेका छन् । 

 

 

 

सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन् । दसैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए।

 

 


 
उनले आफुलाई जनताले पनि मन्त्रीसँग खाने र लाउने माग्न पठाएको बताए। अहिले जङ्गलमा काठ पाउन छोडेको भन्दै काठका भाडा पनि बनाउन नपाएको उनी बताउँछन्। 

 

 

केही महिना अघि दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्र जंगलमा लगेर फाली दिएको बताएका छन् ।

 

 

मुखिया हरिबहादुरले भने,‘परिचय पत्र घरमा राखेर बाँदर मरेन, राखेर के गर्ने ? उतै गुराँसकै जंगलमा लगेर फाल्यौ ।’

काठमाडौं सुर्खेत फिरन्ते राउटे

विशेष