मुख्य समाचार

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भयोः डा. कोइराला

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भयोः डा. कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । 

 

 


नेता डा. कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निर्वाह गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘नेपाली कांग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।’ 

 

 

 

अर्को एक प्रसंगमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए । नेपाल विद्यार्थी संघको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए । 

डा. शेखर कोइराला नेपाली काँग्रेस

विशेष