मुख्य समाचार

राष्ट्रपतिसँग दुई देशका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिसँग दुई देशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले मंगलबार राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । 

 

 

भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 

 

मंगलबार नै राष्ट्रपतिसँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोस्कीले पनि शिष्टाचार भेट गरिन् । भेटमा नेपाल र पोल्याण्डबीच विद्यमान सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । 

 

 

दुवै भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीका साथै जापान र पोल्याण्ड सरकारका अधिकृतको पनि उपस्थिति थियो । 
 

राष्ट्रपति विद्यादेवी भण्डारी शिष्टाचार भेट

विशेष