मुख्य समाचार

 सामूहिक प्रयासमा न्यायपालिकालाई स्वतन्त्र बनाउन जरुरी छः प्रधानन्यायाधीश 

 सामूहिक प्रयासमा न्यायपालिकालाई स्वतन्त्र बनाउन जरुरी छः प्रधानन्यायाधीश 

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सामूहिक प्रयासले मात्रै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिने बताएका छन् । 

 

 

सर्वोच्च अदालत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले आज दशैं,, तिहार तथा छठलगायत पर्वका अवसरमा आज काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सबैको सामूहिक प्रयासबाट मात्र न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिन्छ ।’ 

 

 

 

प्रधानन्यायाधीश मिश्रले न्यायपालिकाभित्र कर्मचारी र न्यायाधीश एउटै रथका यात्री भएकाले कुनै एक पक्षको अभावमा लक्ष्य हासिल गर्न नसकिने बताए ।

 

 

 
आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश पराजुलीले सेवाग्राहीको हितलाई ध्यानमा राखेर न्याय सेवा प्रवाह हुनुपर्नेमा जोड दिए ।  आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कर्मचारीको भूमिका अझै सुदृढ हुने विश्वास व्यक्त गरे । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सर्वोच्च अदालत

विशेष