मुख्य समाचार

दूध खाने बच्चाले पनि मदिरा पिउन थाले सबै जागरुक हुनपर्‍योः गृहमन्त्री

दूध खाने बच्चाले पनि मदिरा पिउन थाले सबै जागरुक हुनपर्‍योः गृहमन्त्री

दुल्लु । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मदिरा र लागूऔषध देश विकासको बाधक बनेको बताएका छन् । 

 

 

 

कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले यते बताएका हुन् । 

 

 

लागूऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘मदिरा र लागूऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।’ उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गरे । 

 

 

लागूऔषध निषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै उनले आम जनता मिलेर सो अभियानमा लाग्न आग्रह गरे। ‘समग्रमा मदिरा र लागुऔषधले अपराध बढाएको छ ।’ 

 

 

गृहमन्त्री थापाले भने, ‘दूध खाने बच्चाले पनि मदिरा खान थालेका छन्, मदिरा नियन्त्रणका लागि स्थानीय तहहरुले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।’ स्थानीय तहका वडा तहदेखि नै नीति बनाएर मदिरा बिक्री वितरणका लागि निश्चित स्थान तोक्नुपर्ने उनको भनाई छ । २० वर्ष नपुगेकालाई मदिरा बिक्री वितरण गर्न रोकेर मदिरा सेवन गर्न तिनपुस्ते विवरण तयार गरी कडाइ गर्नुपर्नेमा उनको जोड छ । 

 

 


सोही कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई परनिर्भरताबाट रोक्नुपर्ने बताए । उनले कर्णालीमा गरीबीको कारण खोजी गरिनुपर्ने धारणा व्यक्त गरे । 

 

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिक आडमा अपराध गर्ने प्रवृति रोकिएकोले राष्ट्र विखण्डनको अभिव्यक्ति दिँदै हिड्ने जो कोही व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने बताए ।

 

 

 

 सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रमा हुने अपराध रोक्न र सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताए ।

गृहमन्त्री रामबहादुर थापा स्थानीय तह

विशेष