मुख्य समाचार

छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने राजपाको चेतावनी

छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं । संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई छठसम्मको अल्टिमेटम दिएको छ ।

 

 

सरकार निर्माणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमति स्मरण गराउँदै राजपाले छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने चेतावनीसमेत दिएका छन् । 

 

 

 

सोमबार राती प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा अध्यक्ष मण्डलका नेताहरुले आफूसँग गरेको सहमतिप्रति गम्भीर बन्न आग्रह गरेका हुन् ।

 

 

 

२०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथ लिनुअघि प्रधानमन्त्री ओलीले राजपासँग संविधान संशोधन गर्नेसहितका तीन बुँदे सहमति गरेको थिए ।

 

 

राजपाले यसअघि साउन ३ गते पनि राजपा नेताहरुले प्रधानमन्त्रीलाई संविधान संशोधनप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए ।

 

 

संशोधनका लागि आफूले आन्तरिक गृहकार्य गरिरहेको र असोजको २९ गतेसम्म पर्खिन प्रधानमन्त्रीले आग्रह गरे पनि आफूहरुल छठसम्मै समय दिएको राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवले जानकारी दिए ।

 

 

 

अब पनि प्रतिबद्धताअनुसार संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिएर आफूहरु सडकमा जाने जानकारी गराएको यादवको भनाइ थियो ।

 

 

जवाफमा प्रधानन्त्रीले छठसम्म संशोधन प्रस्ताव ल्याउने र सहमति कार्यान्वय गर्ने आश्वासन राजपा नेताहरुलाई दिएका छन् ।

 

 

भेटमा प्रधानमन्त्री ओलीले पार्टी आफूले सोचअनुसार काम गर्न नसम्दा ढिलाइ भएको भन्दै विश्वासमा लिने कोसिस गरेका थिए ।

 

 

 

बेलुका ९ बजेसम्म भएको भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र राजपाबाट अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीबाहेकका नेता सहभागी थिए ।
 

राष्ट्रिय जनता पार्टी राजपा

विशेष