फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
साइबर कानुनः निर्दोषलाई पनि फसाउन सक्ने राज्यको औजार
नेपालआज । एक प्रतिष्ठित संस्थाकी महासचिव गत साउन महिनामा साइबर आक्रमणको पीडा बोकेर टेकुस्थित महानगरीय अपराध महाशाखा पुगिन् । ‘नेपाल कान्छो’ नामक फेसबुक अकाउन्टबाट चरित्र हत्या हुने गरी उनका विषयमा फोटो, टेक्स्ट अपलोड भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि प्रधानमन्त्री केपी ओलीसम्मको नाम जोडेर अश्लील स्टाटस फेसबुकमा राखिएको प्रमाण बोकेर उनी त्यहाँ त पुगिन तर निरास भएर फर्किन् । सिभिल पोसाकमा रहेका प्रहरीहरु मध्येले एकले भने, ‘हेर्नुस् नेपालमा साइबर कानुन नै छैन । तपाईले बोकेर आउनु भएको कागज हेरेर कसरी यो अश्लील छ भनेर मान्ने ?’
अनि उनले अर्को नम्बरको टेन्टतर्फ जानु भने । त्यहाँ पुग्दा त्यहाँका हाकिमले अर्कोमा जानु भने । एकपछि प्रहरीहरुले पीडितलाई उजुरी बोकेर यता र उता नचाइ रहे । धेरै तिर ‘फुटबल’ भइसकेपछि एक अधिकृत जस्ता देखिने व्यक्तिले भने ‘त्यहाँ रुखमुनी उजुरी लेख्ने मान्छे बस्छ, एउटा उजुरीमा १० रुपैयाँको टिकट टाँसेर ल्याउनू ।’ दिउँसै मापसे गरेका ती उजुरी लेखकले २ सय रुपैयाँ लिएर लेखिदिए ।
त्यो लगेर उनले बुझाइन् । तर प्रहरीले उजुरी दर्ता गर्न भने मानेन । भनियो, ‘तपाई अहिले जानूस् । हामी आवश्यक कारबाही गर्छौं ।’ महाशाखाको एउटा टेन्टबाट अर्को टेन्टमा २ घण्टा भौतिरिसक्दा उनी दिक्क भइसकेकी थिइन् । उजुरी दर्ता भएन भन्ने थाहा त पाइन् तर उनी दिक्क मान्दै फर्किन् ।
आफ्नो पद प्रतिष्ठाको फूर्ति नलगाई उजुरी दिन पुगेकी उनको उजुरी दर्ता नै भएन । जबकी उनी फेसबुकबाट बास्तवमै पीडित भएकी थिइन् । फेसबुकको त्यो स्टाटस अहिले पनि छ । महिलाहरुविरुद्ध हुने सबैभन्दा निकृष्ट शब्दहरु जे जस्ता हुन्छन् त्यो स्टाटसमा राखिएका थिए । तर प्रहरीले भन्यो, ‘यो स्टाटस हेरेर कसरी अश्लील छ भनेर मान्ने ?’
अब अर्को प्रशंग ।
सँंगै देखिरहनु भएको यो तस्बीरमा एक महिलाले ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको खुट्टा मसाज गरिरहेकी छन् । यसो किन गरेको भनेर सोध्दा स्वामी आनन्द अरुणले भने, ‘एक माँ ले आफ्नो पुत्रलाई गरेको प्रेम हो ।’ आफू भन्दा कम उमेरकी माँले पुत्रको सेवा गरेको नेपाली हिन्दु समाजमा शोभनीय पक्कै हुँदैन । किनभने नेपाली हिन्दुहरुमा एक महिलाले आफ्नो पतिबाहेक कसैको खुट्टा छुन पर्दैन ।
यो तस्बीर केही महिना अघि नै सार्वजनिक भएको थियो । फोटो ओशो तपोवनले नै सार्वजनिक गरेको बताइन्छ । त्यो बेलासम्म फोटोको सन्दर्भलाई लिएर कुनै विवाद आएन ।
ओशो तपोवनले ओशो रजनीशको आदर्शविपरीत क्रियाकलाप गरेको भन्दै त्यहीका एक स्वामी देवसुन्दरले आलोचना गरिरहेका थिए । उनले सो तस्बीरसहित अनेक स्टाटस लेखिरहे । विवाद उत्कर्षमा पुगेन ।
तर जब तिनै स्वामी देवसुन्दरले ओशो तपोवनका बारेमा नेपालआजमा अन्तर्वार्ता दिए त्यसपछि स्वामी आनन्द अरुण तरंगीत हुन थाले । एकपछि अर्को विवादमा ओशो तपोवन तानिन थाल्यो । त्यसको केन्द्रमा थिए स्वामी आनन्द अरुण । स्वामी आनन्द अरुण ‘पावर एक्सरसाइज’ गर्न सक्ने सामथ्र्य भएका व्यक्ति मानिन्छन् ।
केही समय अघि खुट्टा मसाज गरेको तस्बीर र त्यसमा केही विषय लेखेर देव सुन्दरले पनि फेसबुकमा पोस्ट गरेका रहेछन् । फोटोमा देखिने महिलाको अनुहार र नाम गोप्य राखेर नेपालआजले पनि प्रकाशित गरिसकेको छ । तर देवसुन्दरले प्रकाशित गरेको फोटोबाट आफ्नो चरित्र हत्या भएको दावी गर्दै महिला प्रहरी कहाँ पुगिन् । प्रहरीलाई पनि लाग्यो कि वास्तवमा त्यसरी फोटो प्रकाशित गर्नु चरित्र हत्या नै हो । यो प्रशंग तिनै महासचिव महिलासँग पनि जोड्न आवश्यक हुन्छ । महिलाहरुलाई अपमानका रुपमा प्रयोग हुने अति निकृष्ट शब्दसहित फोटो फेसबुकमा राख्दा अश्लिल नदेख्ने प्रहरीले यो मामिलामा देवसुन्दरलाई दोषी देख्यो । अहिले उनी यो फोटो फेसबुकमा राखेको विषयमा अनुसन्धानका लागि भनेर प्रहरी हिरासतमा छन् । एउटा फोटोबारे अनुसन्धान गर्न सम्भवतः २५ दिन नै प्रहरीलाई लाग्न सक्छ । साइबर कानुन मान्छे फसाउने औजारको रुपमा विकास हुँदै गरेको देखिन्छ ।
यो प्रशंगमा अर्को महत्वपूर्ण कुरा के छ भने ओशो तपोवनका संस्थापक आनन्द अरुणले केही दिन अघि आफ्ना अनुयायीहरुलाई प्रवचन दिँदै भनेका थिए, ‘गुरुको अपमान गर्नेहरु कसैलाई पनि राम्रो भएको छैन ।’ उनले घुमाउरो शैलीमा अनिष्ट हुने संकेत गरेका थिए । लगत्तै उनका आलोचक देवसुन्दरलाई पुरानो फेसबुके फोटो देखाएर पक्राउ गरियो ।
–यो टिप्पणी हो ।
र याे पनि,
► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)
► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर
► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए
► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ? पढौं
► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’
► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)
► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा
► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !
► प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)