मनोरञ्जन

‘ठग्स अफ हिन्दूस्तान’ को दोस्रो दिनको कमाइमा गिरावट

‘ठग्स अफ हिन्दूस्तान’ को दोस्रो दिनको कमाइमा गिरावट

एजेन्सी । बलिउड अभिनेता अमिताभ वच्चन र आमिर खान स्टारर ‘ठग्स अफ हिन्दूस्तान’ को दोस्रो दिनको कमाईमा ठूलो गिरावट आएको छ । वेबसाइट बक्सअफिस इण्डियाको रिपोर्ट अनुसार फिल्मले पहिलो दिन ५२ करोडको कमाइ गरेको थियो । फिल्मको दोस्रो दिनको कमाई मात्र २८ करोड रह्यो । 

 

यसले स्पष्ट देखाएको छ कि, पहिलो दिन फिल्मलाई एड्भान्स बुकिङको फाइदा मिल्यो । यसका साथै अमिताभ र आमिरको नामको कारण पनि दर्शक हलसम्म पुग्न सफल भए । 

 

८ नोभेम्बरमा रिलिज भएको उक्त फिल्मबारे समिक्षक र दर्शक सबैले नकारात्मक प्रतिक्रिया दिएपछि दोस्रो दिनको व्यापारमा यसले असर पा¥यो । नकारात्मक ‘माउथ पब्लिसिटी’ का कारण दोसा्रे दिन फिल्मले राम्रो कमाई गर्न सकेन । 

 

३०० करोडको बजेटमा बनेको उक्त फिल्मलाई विजय कृष्ण आचार्यले निर्र्देशन गरेका हुन् भने आदित्य चोपडाले निर्माण गरेका हुन् । 
 

आमिर खान

विशेष