धारामा पानी आउन छाडेपछि गाग्री ठटायर देउसीभैलो
प्यूठान । रित्तो गाग्री बजाउँदै एक हुल मानिस भैलो भट्याउदै घर घर पुगिरहेका छन् । उनिहरुले मादल बजाएका छैनन् । मादलको साटो रित्तो गाग्री बजाउदै भैलो खेलिरहेका छन् ।
‘चौरपानी खानेपानी फाउण्डेसन’ स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउने योजना अघि बढाउन स्थानीयबासी कस्सिएका छन् ।
प्यूठान मल्लरानी गाउँपालिका वडा नं. ३ चौरपानी गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि रित्तो गाग्री ठटायर भैलो खेलीएको छ ।
‘धारामा पानी आउन छाड्यो । गाग्रीको कामै भएन् । त्यही भएर ठटायर भैलो खेलिम’स्थानिय माधव पौडेलले भने–‘हाम्रो मुख्य समस्या खानेपानी नै हो । तर, गाउँपालिकाले सडकमा पैसा खनायो ।’
सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आश मरिसक्यो । त्यसैले देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट खानेपानीको समस्या समाधान गर्न गाउँले जुटेका छन् ।
गाउँमा विकासको बाटो पुग्यो तर, खानेपानीको पुरानो मुहान सुक्न पुग्यो । जसले गर्दा गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।
प्यूठान रित्तो गाग्री