नवाजुद्दिन सिद्धिकीलाई पनि यौन दुव्र्यवहारको आरोप
एजेन्सी । मिटु अिभयानको प्रभाव बलिउडमा दिन प्रतिदिन बढ्दो छ । अभिनेता नवाजुद्धिन सिद्धिकीमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस इण्डिया अर्थ तथा बलिउड अभिनेत्री निहारिका सिंहले सामाजिक सञ्जालमार्फत नवाजमाथि उक्त आरोप लगाएकी हुन् ।
निहारिकाले आफनो पूर्वप्रेमीसमेत रहेका नवाजसँगै निर्माता भूषण कुमारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । उनका अनुसार, एक विहान जब उनी घरमा थिइन्, नवाज रातभरि सुटिङ गरेर फर्किएका थिए । नवाज नेहारिकाको घर वरिपरि नै बस्थे । नास्ताको लागि उनले नवाजलाई घरमा बोलाइन् । ‘जब मैले गेट खोलें, नवाजले मलाई बेस्सरी समाते । धेरै बेर धक्का दिएपछि मैले छुटकारा पाएँ । यो सम्बन्धलाई के गर्ने मलाई केही दिमागमा आइरहेको थिएन । नवाजले मलाई परेश रावल र मनोज वाजपेयीजस्तै उनलाई पनि आफ्नो श्रीमती मिस इण्डिया या अभिनेत्री होस् भन्ने चाहना भएको बताए ।’
निहारिकाको अनुसार धेरै समय पछि नवाज कयौं केटीहरूसँग सम्बन्धमा रहेको र सबैलाई अलग अलग कथा सुुनाउने गरेको उनले चाल पाइन् । एक पछि अर्को झुटबारे थाहा पाएपछि उनले नवाजसँगको सम्बन्ध तोड्ने निर्णय लिइन् ।
निहारिकाले आफूलाई कसरी पहिलो फिल्मको अफर आयो भन्नेबारे पनि खुलासा गरेकी छन् । उनले लेखेकी छन्, ‘भुषण कुमारले मलाई आफ्नो अफिस बोलाए र आफनो फिल्म ‘अ न्यू लभ इस्टोरी’ मा साइन गरे । उनले मलाई एक खाम दिए जसमा दुईवटा पाँच सयको नोट थियो । रात परेपछि उनले मलाई तिम्रोबारेमा धेरै कुरा जान्न मन भएको भन्दै मेसेज गरे । जवाफमा उनले लेखिन्, पक्कै हुन्छ । हामी डबल डेटमा जाऔं । त्यहाँ तपाईं आफ्नो श्रीमतीसँग आउनु म मेरा ब्वायफ्रेण्डसँग आउँछु । त्यसपछि भुषणको कुनै प्रतिक्रिया आएन ।’
नवाजले अक्टोबर, २०१७ मा आफ्नो बायोग्राफी ‘एन अर्डिनरी लाइफ’ मा आफूले सेक्सको लागि निहारिकालाई प्रयोग गरेको उल्लेख गरेका छन् । यसबारेमा निहारिकाले नवाजले किताब बिकाउनको लागि आफ्नो बदनाम गरहेको बताएकी थिइन् । निहारिकाको स्टेटमेन्टको अनुसार सन् २००९ मा फिल्म मिस लवलीको सुटिङको समय उनी नवाजसँग पे्रम सम्बन्धमा थिइन् । उनीहरूको प्रेम सम्बन्ध केही महिनासम्म चल्यो । आफ्नो किताब बेच्नको लागि नवाजले नेहारिकाको बदनाम गरेको उनको भनाई छ ।