सन्दीप र सोमपाल पीएसएलको ड्राफ्टमा पर्न सफल

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामी आउँदो फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्।
पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्ट सूचीमा नेपालका सन्दीप र सोमपाल परेका हुन् ।
युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन्। तीव्र गतिका बलर तथा अलराउन्डर सोमपाल सिल्भर समूहमा परेका छन्।
ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परेपनि कसैले छनोट गरेका थिएनन् ।
ड्राफ्टमा नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । त्यसैबाट सहभागि टिमले आफ्नो अन्तिम टिमका लागि खेलाडी छनोट गर्नेछन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्।
गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।
चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ। डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।
सन्दीप लामिछाने सोमपाल कामी पाकिस्तान सुपर लिग